back
CTIZAN AD

सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक’

वि.सं.२०८२ असार १८ बुधवार

504 

shares

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले विपद् नेपाली सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धिका लागि सरकारले पहल गरिरहेको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८२ सम्बन्धमा रक्षा मन्त्रालयका सन्दर्भमा सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफमा उनले सुरक्षाकर्मी र कर्मचारीको सुेवासुविधा वृद्धिका लागि आर्थिक स्रोतको बढोत्तरी जरुरी रहेको छ भने ।

अर्थतन्त्रको सुधार र विस्तारपछि राज्यका हरेक क्षेत्रमा सेवा सुविधा वृद्धिका लागि कुनै पनि कन्जुस्याइँ नगरिने रक्षामन्त्री राईको भनाइ छ ।

पछिल्ला दिनमा मुलुकको अर्थतन्त्र सुधारात्मक दिशामा अगाडि बढेको अर्थमन्त्रीले स्पष्ट पारिसक्नुभएको सन्दर्भमा आगामी दिनमा सो बारेमा सरकारले सकारात्मक तवरले नै सोच्ने उल्लेख गरे ।

यस्तै, राष्ट्रिय सेवा दल (एनसिसी) कार्यक्रमलाई क्रमशः विस्तार गर्दै लैजाने सोचमा सरकार रहेको मन्त्री राईले सदनलाई जानकारी गराए । उनले आगामी आवमा तराई मधेस र सिमाना जोडिएका केही जिल्लामा सो कार्यक्रम अगाडि बढाइने उल्लेख गरे ।

‘अनुशासन नै राष्ट्रको सेवाको मूल जग हो’ भन्ने आदर्श बोकेको राष्ट्रिय सेवा दल (एनसिसी) कार्यक्रम युवा विद्यार्थीको चरित्र, नेतृत्व गुणस्तर, खेलकुद भावना विकास गर्ने लक्ष्यका साथ सञ्चालित छ । यस्तै, निःस्वार्थ सेवाको आदर्श मूल्य एवं भावनाको विकास गरी जीवनका सबै क्षेत्रमा समर्पित नेतृत्व क्षमता अभिवृद्धि गर्न यो कार्यक्रम सफल भएको छ ।

सो कार्यक्रम सेनाको व्यवस्थापनमा कार्यान्वयन तथा सञ्चालन हुन्छ । कार्यक्रमअनुसार सिनियर र जुनियर डिभिजनका लागि दुई प्रकारका तालिम हुन्छन् । यी तालिमहरूको मुख्य उद्देश्य विद्यार्थीको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गरी अनुशासित, बफादार र देशप्रति समर्पित युवा सिर्जना गर्नु हो । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्र्थी सहभागी हन्छन् भने सिनियर डिभिजनले दश जा ेड दुईका विद्यार्र्थी सहभागी हुने गरेका छन् ।

आगामी आवको बजेटमा ‘राष्ट्रिय सेवा दलको दायरा विस्तार र प्रभावकारिता अभिवृद्धि गरिनेछ’ भन्ने विषय समावेश गरिएको छ । सरकारको निर्देशनमा रहेर आगामी दिनमा सेनाले उत्पादनमूलक क्षेत्रमा पनि सक्रिय हुने र त्यसबाट मुलुकलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने उनको कथन थियो ।

वि.सं.२०८२ असार १८ बुधवार १४:०३ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...