back
CTIZAN AD

गृहमन्त्री लेखकसमक्ष बैतडीको शान्तिसुरक्षा र विपद् व्यवस्थापनबारे ‘ब्रिफिङ’

वि.सं.२०८२ असार १९ बिहीवार

1.5K 

shares

बैतडी । गृहमन्त्री रमेश लेखकले बैतडीको शान्तिसुरक्षा र विपद् व्यवस्थापनबारे जानकारी लिएका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेर शान्तिसुरक्षा र विपद् व्यवस्थापनबारे जानकारी लिएसँगै गृहमन्त्री लेखकले जिल्लास्थित सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशनसमेत दिए ।

गृहमन्त्री लेखकलाई जिल्लाको समग्र शान्तिसुरक्षा र विपद् व्यवस्थापनका बारेमा जानकारी गराइएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

उनले भने, “गृहमन्त्रीलाई जिल्लाको समग्र शान्तिसुरक्षा र विपद् व्यवस्थापनका बारेमा ‘ब्रिफिङ’ गरेका छाँैं । उहाँले विपद् पूर्वतयारी तथा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ, सोहीअनुसार तदारुकताका साथ काम हुन्छ ।”

गृहमन्त्री लेखक तीनदिने भ्रमणका लागि बुधबार बैतडी आएका हुन् । जन्मघर बैतडी रहेको गृहमन्त्री लेखकको यहाँ रहँदा पारिवारिक एवं राजनीतिक भेटघाटका साथै प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

वि.सं.२०८२ असार १९ बिहीवार १४:४३ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...