back
CTIZAN AD

प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ: फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जानुहोहोस्

वि.सं.२०८२ असार ३० सोमवार

852 

shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कीर्तिपुर क्रिकेट रङ्गशालाको प्रगति हेर्न सुझाव दिएका छन् । प्रचण्डले ३०० दिनमा पनि रङ्गशालामा फ्लडलाइट र प्यारापिट नबनेको भन्दै प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले जवाफमा भने, ‘म प्रचण्डजीलाई आग्रह गर्छु, कीर्तिपुर गएर निर्माणाधीन प्यारापिट र जडान भइरहेका फ्लडलाइटका पोलहरू हेर्नुस्। काम भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा तथ्यांकसहित जवाफदेही बनेर काम गरेको दाबी गर्दै प्रचण्डलाई उल्टै प्रश्न गरे । उनले भने, ‘तपाईँ प्रधानमन्त्री हुँदा कुनै कामका लागि समयसीमा तोकेर काम गर्छु भन्नुभयोरु तपाईंले कुनै काम गर्नुपरेन, गर्नुभएन । तपाईँसँग न वाचा, न निर्णय, न सङ्कल्प, न त कुनै उपलब्धि । मैले त समय तोकेर काम गर्छु भनेर प्रतिबद्धता जनाएँ र काम पनि गरेँ ।’

ओलीले प्रचण्डको पालामा कमजोर बनेको अर्थतन्त्र अहिले उल्लेख्य सुधार भएको दाबी गर्दै तथ्याङ्क हेरेर मूल्याङ्कन गर्न सुझाए।

 

वि.सं.२०८२ असार ३० सोमवार १८:३४ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...