back
CTIZAN AD

एनआरएनए युगान्डाको अध्यक्षमा रमा अर्याल निर्विरोध निर्वाचित

वि.सं.२०८२ असार ३० सोमवार

1.7K 

shares

कम्पाला । गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डाको २०२५–२०२७ कार्यकालको लागि रमा अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।

जुलाई १३ गते आइतवार, कम्पालास्थित क्युब प्लाजा भवनमा अवस्थित संघको कार्यालयमा सम्पन्न भएको निर्वाचनले सबै पदाधिकारीहरू निर्विरोध रूपमा चयन भएका हुन् ।

निर्वाचन समितिका प्रमुख रमेश कंडेलले नवनिर्वाचित कार्यसमितिको नामावली औपचारिक रूपमा घोषणा गरेका थिए ।
जसको अध्यक्षमा रमा अर्याल, वरिष्ठ उपाध्यक्षमा राजु थापा, उपाध्यक्षः तारा (इन्दु) गिरी, महासचिवमा मालती राना मगर, सचिवमा मुकेश मेहता, कोषाध्यक्षमा बालकृष्ण सुनार, प्रवक्तामा हरि कटुवाल, युवा संयोजकमा टोप बहादुर आले र सदस्यहरुमा शाहीर कंडेल, सन्तोष विश्वकर्मा, नरेन्द्र शाही, गोविन्द भट्ट चयन भएका छन् ।


घोषणा पश्चात निर्वाचन प्रमुख कंडेलले नवनिर्वाचित अध्यक्ष रमा अर्याललाई र अध्यक्ष अर्यालले अन्य कार्यसमिति सदस्यहरूलाई संविधान बमोजिम शपथ गराएकी थिइन् ।

अघिल्लो कार्यकालका महासचिव रहेका राजु थापाले २०२३–२०२५ कार्यकालको गतिविधि प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रहेकी श्रीमती मालती रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

निर्वाचन समिति सदस्य एकनाथ खतिवडाले स्वागत मन्तव्य दिए । अर्का समिति सदस्य बिनोद थापाले नवनिर्वाचित सदस्यहरूलाई शुभकामना व्यक्त गर्दै अघिल्लो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई ज्ञापन गरे ।

कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष अर्यालले आफ्नो अघिल्लो कार्यकाल (२०२३–२०२५) को उपलब्धिहरूको संक्षिप्त समीक्षा गर्दै मिडियामा प्रचार नगरी संघको आर्थिक स्थिति बलियो बनाएको उल्लेख गरिन् । उनले यो कार्यकालमा संघको आफ्नै भवन निर्माणको लागि जमिन किन्ने प्रतिवद्धता व्यक्त गर्दै बलियो टोलीको सहकार्यमा लक्ष पूरा गर्ने वाचा गरिन् ।

एनआरएनए युगान्डा नेपालीहरूका लागि एकता, पहिचान र सेवामा समर्पित संस्थाका रूपमा सशक्त ढंगले अगाडि बढिरहेको छ ।

वि.सं.२०८२ असार ३० सोमवार १८:३५ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...