back
CTIZAN AD

बुद्धिजीवी संगठन जस्तै बनाउन नेता देवकोटाको आग्रह

वि.सं.२०८२ असार ३२ बुधवार

1.5K 

shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता, संविधानसभा सदस्य तथा नेपाल बुद्धिजीवी संगठनका फयाक्सन ईन्चार्ज खिमलाल देवकोटाले नेपाल बुद्धिजीवी संगठनलाई बुद्धिजीवी संगठन जस्तै बनाउन आग्रह गरेका छन् ।

नेपाल बुद्धिजीवी संगठन बागमती प्रदेश कार्यालयद्वारा आयोजित सदस्यता प्रदान एवम् स्वागत कार्यक्रममा बौद्धिक अभिभारा पुरा गर्नका लागि बौद्धिक क्रियाशिलता बढाउन पनि निर्देशन दिएका छन् । विभिन्न क्षेत्रमा रहेका विज्ञहरुले संगठनमार्फत भूमिका पुरा गर्नेमा विश्वास रहेको पनि उनले बताएका छन् । विगतमा जनयुद्धदेखी शान्तिवार्ताको मध्यस्थतता, सहजीकरण, राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभवको खोजीसम्म संगठनले बिगतमा गरेका बिषय पनि उनले स्मरण गराएका थिए ।

कार्यक्रममा संगठन मार्फत अघि बढने प्रतिबद्धता जनाउँदै वरिष्ठ खाद्य बैज्ञानिक डा. अतुल उपाध्यायले नेपाली खाद्य प्रविधि, पोषण, जनस्वास्थ्य र औषधीय वनस्पतिको क्षेत्रमा आफूले देशमा पु¥याउन सक्ने योगदानका बारेमा धारणा राखेका थिए । त्रिभुवन विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहमा स्वर्णपदकसहित अध्ययन गरेका उनले जापानबाट सन् २०१२ मा पीएचडी र बेल्जियमबाट सन् २०१४ मा पोस्टडोक्टोरल अध्ययन सकेका थिए । तीन दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय अनुसन्धान लेखहरू र थुप्रै पुस्तकहरू प्रकाशित गराएका उनले नेपाल सरकारको अधिकृतका रूपमा, गैर–सरकारी संस्था, संयुक्त राष्ट्रसंघका निकायहरू, र निजी क्षेत्रमार्फत महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति निर्माण प्रक्रियामा बिशिष्ट योगदान पुयाएका छन् ।

यसैगरी वरिष्ठ नीति बिज्ञ सरजराज थापाले आफनो बिगत क्रान्तिकारी पुष्ठभूमि रहेको बताउँदै संगठन र आन्दोलनको यात्रामा रुचि रहेको बताए । २०५६ मा एलएलएम गरी विभिन्न निकायमा कानुन विज्ञको रुपमा काम गरेका उनले राष्ट्रसंघीय निकाय, नेपालको महिला आयोग लगायत राष्ट्यि एवम् अन्तर्राष्ट्रिय संस्थाहरुमा नीति विज्ञभै काम गरेको अनुभव सुनाए । कार्यक्रमका अर्का ब्यक्तित्व त्रिविका भौतिक शास्त्रि डा. ईन्द्र भण्डारीले बिगतमा अखिल क्रान्तिकारी हुँदै काम गरेको अनुभवलाई आगामी दिनमा संगठनमा लगाउने बताए भने बैकिंग क्षेत्रबाट सेवा निवृत हेमेन्द्र अर्यालले संगठकका रुपमा आफू सक्रिय हुने प्रतिबद्धता जनाए ।

कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष नीलकण्ठ तिवारीले संगठन र पार्टीमा क्षमता अनुसारको भूमिका बढाउन जरुरी रहेको बताए भने उपाध्यक्ष कृष्ण कोपीलाले वरिष्ठ बुद्धिजीवीहरुको प्रतिबद्धताले उर्जा थपिएको अनुभूति ब्यक्त गरे । संगठनका बाग्मति प्रदेश उपाध्यक्ष चन्द्रराज अधिकारीको अध्यक्षता, सचिव भुमिराज आले मगरको संचालन तथा प्रा.डा शिवशरण महर्जनको स्वागत मन्तब्य रहेको सो कार्यक्रममा बाग्मती कोषाध्यक्ष दामुप्रसाद ढुगेल र काठमाण्डौ महानगरका सचिव कुमार रञ्जीत लगायतको उपस्थिति रहेको थियो ।

संगठनलाई रेड एण्ड एक्सपर्टको समायोजनमा थप प्रभावकारी बनाउन यस्तो अभियान निरन्तर चलिरहने सो संगठनका केन्द्रीय सचिव भरत गौतमले बताए ।

 

वि.सं.२०८२ असार ३२ बुधवार १०:३६ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...