back
CTIZAN AD

लगातार दोस्रो दिन उकालो लाग्यो सेयर, कारोबार रकम पनि १४ अर्ब नाघ्यो

वि.सं.२०८२ असार ३२ बुधवार

540 

shares

काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) लगातार दोस्रो दिन पनि उकालो लागेको छ । आज परिसुचक ३६.६१ अंकले बढेर २७९४.७८ बिन्दुमा पुगेको हो । साताको दोस्रो दिन ओरालो लागेको परिसूचक मंगलबार र बुधबार(आज)भने उकालो लागेको छ ।

नेप्से उकालो लागेसँगै कारोबार रकम पनि झण्डै दोब्बरले बढेको छ । मंगलबार आठ अर्ब ६८ करोड रुपैंयाँको कारोबार भएको नेप्से बुधबार भने करिब १४ अर्ब रुपैंयाँको हाराहारीमा पुगेको छ ।

आज कूल सूचिकृत कम्पनीमध्ये २४८ कम्पनीको करिब १४ अर्ब बराबरको ४ करोड ३१ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
आजको बजारमा व्यापार बाहेक सबै १२ कम्पनी उपसूचक समूहका १९३ कम्पनीका लगानीकर्ताहरुले मनग्ये कमाएका छन् भने ५५ कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।

कुमारी बैंक डिबेन्चर, थ्रीस्टार हाइड्रो, ग्रिन डेभलोपमेन्ट बैंक लगायतका कम्पनीका लगानीकर्ता धेरै कमाउनेमा परेका छन् भने माइखोला जलविद्युत, नारायणी डेभलोपमेन्ट बैंकलगायतका कम्पनीका लगानीकर्ताहरु धेरै गुमाउनेमा परेका छन् ।

आजको कारोबारमा बुटवल पावर कम्पनीको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । उसको मात्र करिब ६१ करोड ८७ लाख रुपैंयाँ बराबरको सेयर किनबेच भएको छ ।

याे पनि पढ्नुहाेस्

नेप्से परिसूचक ३४ अङ्कले बढ्यो

वि.सं.२०८२ असार ३२ बुधवार १५:४८ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...