back
CTIZAN AD

तीन महिनाको विपद्ः ९३ जनाको मृत्यु, २२ बेपत्ता

वि.सं.२०८२ साउन १ बिहीवार

708 

shares

काठमाडौँ । गत वैशाखदेखि असारसम्मको तीन महिनामा दुई हजार ६५ वटा विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको तीन महिनामा ती विपद्जन्य घटनामा परेर ९३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् ।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारका अनुसार ती घटनामा परेर आजसम्म चार सय ४५ जना घाइते भएका छन् । उनले ती घटनामा परेर चार हजार १३६ परिवार प्रभावित भएका जानकारी दिए ।

प्राधिकरणले आज सार्वजनिक गरेको विसं २०८२ को पछिल्लो तीन महिनाको विवरणअनुसार बाढीका मात्रै एक सय ३७ घटना भएकामा ती घटनाबाट १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन् ।

केही दिनअघि गत असार २४ गते रसुवा भोटेकोशीमा आएको बाढीले सबैभन्दा बढी मानवीय क्षति गराएको थियो । माथिल्लो क्षेत्रमा भएको हिमताल विष्फोटबाट उक्त घटना भएको थियो ।

यस्तै पहिरोका एक सय ७५ घटनामा छ जनाको मृत्यु भएको छ । चट्याङ्बाट २६, आगलागीबाट १४, जनावरको आक्रमणबाट १२ र लेक लागेर ११ जनाको मृत्यु भएको प्रवक्ता सुनारले जानकारी दिए । अन्य हावाहुरी, सर्पदंश, भारी वर्षाबाट पनि मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ ।

बाढीबाट मात्रै एक हजार २४६ तथा आगलागीबाट एक हजार ४८ परिवार प्रभावित भएका छन् । पहिरो, चट्याङ्, भारी वर्षा, सर्पदंश, हावाहुरी, वन डढेलो, सर्पदंशलगायत घटनाबाट सयौँ परिवार प्रभावित भएका जनाइएको छ ।

वि.सं.२०८२ साउन १ बिहीवार १५:०० मा प्रकाशित

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै...

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

काठमाडौंमा आयोजना हुने तय भएको International Association for Tibetan Studies...

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ...

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...