काठमाडौं । साताको अन्तिम करोबार तथा नयाँ आर्थिक वर्षको पहिलो दिन बिहिबार सेयर बजार परिसूचक (नेप्से) मा भारि बृद्धि भएको छ । बिहिबार नेप्से ७५.८४ (२.७१ प्रतिशत) अंकले बढेर २७०.६३ बिन्दुमा पुगेको हो ।
नेप्सेमा बृद्धि भएसँगै कारोबार रकममा पनि भारि बृद्धि भएको छ । बिहिबार कूल सूचिकृत कम्पनीमध्ये २४८ कम्पनीको करिब १६ अर्ब ५९ करोड रुपैंयाँ बराबरको तीन करोड ८६ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
कूल सूचिकृत कम्पनीमध्ये सबै कम्पनी उपसूचक समुहको कारोबारमा हरियाली छाएको आजको बजारमा अन्य समूहका लगानीकर्ताहरुले सबैभन्दा धेरै ५.०९ प्रतिशत कमाएका छन् । त्यस्तै सबैभन्दा कम आम्दानी गर्ने समूहिक लगानीकोषका लगानीकर्ता भएका छन् । उनीहरुले जम्मा ०.०४ प्रतिशतले मात्र आम्दानी गरेको देखिएको छ ।
आजको कारोबारमा ट्रेड टावर, शुभम पावर, थ्री स्टार हाईड्रो, इस्ट्रन हाइड्रो लगायतका कम्पनीका लागनीकताहरु मनग्ये आम्दानी गर्नेमा परेका छन् भने नबिल स्टेवबल फण्ड, एनआइसि एसिया फिक्स क्याप फण्ड, रिलायबल समृद्धि योजना लगायतका लगानीकर्ताहरुले घाटा ब्यहोरेका छन् ।
त्यस्तै नेपाल पूनर्बिमा कम्पनीको सबैभन्दा धेरै ८४ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने कुमारी धनबृद्धि योजनाको सबैभन्दा धेरै २० लाख ३४ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
यो पनि हेर्नुहोस ।
लगातार दोस्रो दिन उकालो लाग्यो सेयर, कारोबार रकम पनि १४ अर्ब नाघ्यो
वि.सं.२०८२ साउन १ बिहीवार १५:४१ मा प्रकाशित





























