back
CTIZAN AD

आई.एम. ई लाइफले नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड जित्याे

वि.सं.२०८२ साउन ५ सोमवार

1.6K 

shares

काठमाडाैँ । आई. एम. ई. लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा आयोजित “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट“ अवार्ड वितरण समारोह २०२४ मा मेरिट अवार्ड जितेको छ ।

होटल र्याडिसनमा आयोजित सो समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्का र वित्तविभाग प्रमुख (CFO) श्री जगत बहादुर बोहराले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गर्नुभएको थियो । यस अवार्ड हालसम्म दुईमात्र जीवनबीमा कम्पनीले प्राप्त गरेका छन सो मध्य एक आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको छ ।

यस अवार्डले कम्पनीले अपनाउँदै आएको पारदर्शिता, जवाफदेहीपन र संस्थागत सुशासनमा आधारित व्यवस्थापनको अभ्यासको कदर गरेको छ । कम्पनीले विगतदेखि नै सहभागितामुलक, समावेशी र उत्तरदायी कार्यसम्पादन गर्दै पारदर्शी सूचना सम्प्रेषण र वित्तीय अनुशासनमा विशेष ध्यान दिँदै आएको छ ।

यस उपलब्धिको लागि नियामनकारी निकाय, बीमित, सम्पूर्ण कर्मचारीप्रति कम्पनीले आभार व्यक्त गरेको छ । यस सम्मानले कम्पनीलाई अझ प्रभावकारी र जिम्मेवार जीबनबीमा कम्पनीको रूपमा अघि बढ्न प्रेरणा दिएको छ ।

वि.सं.२०८२ साउन ५ सोमवार १०:३० मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...