back
CTIZAN AD

एन आई सी एशिया बैंक २८औँ वर्षमा प्रवेश

वि.सं.२०८२ साउन ५ सोमवार

522 

shares

काठमाडौँ । एन आई सी एशिया बैंक २८ औं वर्षमा प्रवेश गरेको छ । यस बैंक सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ २८ वर्षअघि आजकै दिन शुरू भएको थियो । बैंकले आफ्नो यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बनेको भन्दै २८औं वार्षिकोत्सव मनाउँदैछ ।

बैंकले एक विज्ञप्ति जारी गर्दै अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनीय योगदान दिने हाम्रा समस्त ग्राहक महानुभावहरु, नियामक निकायहरू, शेयरधनी महानुभावहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति अत्यन्त अनुगृहीत रहँदै सादर नमन एवं धन्यवाद व्यक्त गरेको छ ।

सहायक प्रमुख कार्यकारी अधिकृत एवं सूचना अधिकारी राज खनियाद्वारा हस्तिाक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आजसम्म आइपुग्दा नेपालको वित्तीय क्षेत्रमा जति योगदान गर्न सफल भएका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ । साथै, आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट गर्दछौं ।’

‘डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेकोमा हामी आफ्नो भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौं ग्राहक महानुभावहरुमाझ गतिशील बैंकिङ्ग पार्टनरको रुपमा जोडिएका छौं’, विज्ञप्तिमा थपिएको छ ।

बैंकले देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै डिजिटल भुक्तानीलाई अझ सशक्त बनाएको छ । यस्तै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी निर्वाध रुपमा बैंकिङ्ग सेवा देशको कुनाकुनामा पुर्याउन सफल भएको छ ।

वि.सं.२०८२ साउन ५ सोमवार १२:०० मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...