काठमाडौँ । नेपालमा मनसुनको प्रभावले देशका ६ वटा मूख्य सडक पूर्णरूपमा अवरुद्ध रहेको छ ।
आज नेपाल प्रहरीले सूचना जारी गर्दै ६ सडक पूर्णरूपमा अवरुद्ध र ५ सडक एकफर्ती सञ्चालनमा आएको जानकारी दिएको हो ।
कोशी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर सडक खण्ड, कालिग०डकी करीडोर, सहिद राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेका छन् ।
यता काठमाडौँ–नुवाकोट सडक, मध्पहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सडक तथा रोल्पाको सहीद राजमार्ग एकफर्ती खुलेका छन् ।

वर्षाका कारण देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध
वि.सं.२०८२ साउन ५ सोमवार ११:५३ मा प्रकाशित




























