back
CTIZAN AD

सुकुमबासीलाई वाइसिएलको साहारा : बाढीबाट बस्ती जोगाउन बाँध निर्माण

वि.सं.२०८२ साउन ६ मंगलवार

2.7K 

shares

काठमाडौं । बाढी नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले अस्थायी तटबन्ध सुरु गरेको छ ।

मनोहरा खोलामा बाढी आउँदा वर्षेनी सुकुम्बासी बस्तीमा क्षती पु¥याउँदै आएको छ । उक्त खोला आसपासको सुकुम्बासी बस्ती जोगाउन वाईसीएलले बाँध बाँध्ने कामको सुरुवात गरेको छ ।

श्रीम तथा उत्पाादन अभियान अन्तरगत वाईसीएल बागमती प्रदेश र सम्पर्क विदेश प्रदेश कमिटीले मंगलबार बिहानदेखि मनोहरा खोला पुलबाट करिब एक किलोमिटर उत्तरतर्फ बाँध बाँध्ने काम गरेको छ ।

वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओलीले साना साना बाढी आउँदा पनि मनोहरा खोला किनाारका सुकुमबासी बस्तीमा पस्ने समस्या भएकाले बाढी छेक्न तटबन्ध निर्माण गरेको बताए । ‘यहाँको १२ हजार बढी जनसंख्या रहेको सुकुमबासी बस्तीलाई बाढीले दुख दिँदै आएको रहेछ’, उनले भने, ‘बाढी प्रभाभित क्षेत्रमा पर्ने दुई सय मिटर खोलाको किनारमा पाँच मिटर अग्लो तटबन्ध निर्माण गरेका छौँ ।

अध्यक्ष ओलीका अनुसार हजारौँको संख्यामा माओवादी केन्द्रका नेताहरु, वाईसीएल फ्र्याक्सन इन्चार्ज, स्थानीय लगायत श्रमदानमा खटिएका छन् ।

स्थानीयले यसअघि लगाएको ग्याबिन तारजाली बाढीले बगाएर खोलातिरै लगेपछि अस्थायी तटबन्ध नभएको ठाउँबाट बाढी बस्तीमा पस्दो समस्या थियो । तिनै ठाउँमा वाइसिएल अस्थायी तटबन्ध निर्माण गर्न जुटेको छ ।

अध्यक्ष ओलीले बाढी पस्ने सम्भावित स्थानमा भाटाले बार लगाउने र त्योभन्दा पछाडि बालुवा-गिट्टी बोरामा भरेर बाँध बनाउने काम भइरहेको बताए । उनले आइतबारबाट सुरु भएको काम आज समापन गरिने बताए ।

वि.सं.२०८२ साउन ६ मंगलवार १३:३७ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...