back
CTIZAN AD

प्रचण्ड र झलनाथसँग शनिवार किन मञ्च सेयर गर्दैछिन् विद्या

वि.सं.२०८२ साउन ६ मंगलवार

2.3K 

shares

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एकै मञ्चमा देखिने भएका छन् ।

आउँदो शनिबार ती तीन नेताहरु एक पुस्तक विमोचन कार्यक्रममा सहभागी हुन लागेका हुन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा आयोजित पुष्पलालका अनुयायी एवं पुराना कम्युनिस्ट नेता लोककृष्ण भट्टराईद्वारा लिखित पुस्तक ‘निर्वासन’ को लोकार्पण हुँदैछ ।

लेखक भट्टराइका अनुसार पूर्वराष्ट्रपति भण्डारीका साथ प्रचण्ड र खनालले संयुक्त रुपमा पुस्तकको विमोचन गर्ने भएका छन् । कार्यक्रममा एमाले उपाध्यक्ष युवराज ज्ञवालीपनि अतिथिको रुपमा सहभागी हुने भएका छन् ।

एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेको घोषणा गरेकी भण्डारीले प्रचण्ड र खनालसँग पहिलोपटक मञ्च ‘सेयर’ गर्दैछिन् ।

 

 

वि.सं.२०८२ साउन ६ मंगलवार १७:४० मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...