back
CTIZAN AD

नेप्से परिसूचक पाँच दिनदेखि उकालो यात्रामा, कारोबार रकममा वृद्धि

वि.सं.२०८२ साउन ६ मंगलवार

780 

shares

काठमाडौं । मङ्गलवार नेप्से परिसूचक उच्च अङ्कले बढेर बन्द भएको छ । पछिल्ला ५ कारोबार दिनदेखि बढिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

मङ्गलवार नेप्से परिसूचक ८०.९७ अङ्क बढेर २९७३.७० विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १४.४८ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ५.५४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.६६ अङ्क बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार १६ अर्ब ३२ करोडको सेयर खरिदबिक्री भएको बजारमा मङ्गलवार ३१९ स्टकको १ लाख ७७ हजार १०१ पटकको कारोबारमा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँबराबरको ४ करोड ३५ लाख ८१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ट्रेड टावर, शिवम् सिमेन्ट्स र सान्भि इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । मूल्य घटेका स्टकहरूको गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७१ करोड ८८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको साढे ६८ करोडभन्दा बढीको सेयरकिनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ५६ करोड नाघेको छ ।

यस दिन पनि १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.६३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, लगानी र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।

वि.सं.२०८२ साउन ६ मंगलवार १६:२५ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...