back
CTIZAN AD

शून्य समयः समसामयिक समस्यामा सदन मार्फत सरकारको ध्यानाकर्षण

वि.सं.२०८२ साउन ७ बुधवार

696 

shares

काठमाडौँ । सांसदहरुले मधेस प्रदेशमा खानेपानी र सिँचाइको अभाव, पुल निर्माण, अविरल वर्षाका कारण विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएकोप्रति सदन मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको शून्य समयमा सांसद योगेशकुमार भट्टराईले गए राति अविरल वर्षाले ताप्लेजुङको रानीपुल बगाएको हुनाले आवातजावतमा समस्या भएको बताए । उनले पहिराले जलविद्युत आयोजनामा समस्या भएको हुनाले तत्काल वैकल्पिक व्यवस्था गरी यातायात सूचारी गरी जोखिमपूर्ण बस्तीलाई सार्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद भानुभक्त जोशी बझाङमा पुल निर्माणका लागि बजेट २०८२÷८३ को बजेट हटाएकोप्रति भौतिक तथा पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण जनाउँदै तत्काल निर्माणका लागि माग गरे ।

सांसद भीमप्रसाद आचार्यले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित पाटन अस्पतालको क्षमता एक हजार बिरामीकालागि भएको जनाउँदै अस्पतालको पुनः संरचना गर्न माग गरे । बाउन्न रोपनी जग्गामा फैलिएको अस्पतालमा हाल चार हजार बिरामी सेवा लिने गरेको जनाइएको छ ।

सांसद मनबहादुर गुरुङले यही साउन ३ गते बाढीमा आएको धेरै धनको क्षति भएकाले राहत र पुनःस्थापनाको लागि आग्रह गरे ।

सांसद महेन्द्र्रबहादुर शाहीले कर्णाली कोरिडरमा दैनिक पानी परेका कारण ठाउँठाउँमा सडक अवरुद्ध भएको हुँदा यात्रीको सुविधालाई ध्यानमा राखेर तत्काल सडक निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद महेशकुमार बर्तौलाले निर्माण व्यवसायीले आफूले सम्झौता गरेर लिएका काम समयमै सम्पन्न गर्नेतर्फ जिम्मेवार बोध नहुँदा नगर्दा विकास निर्माणको काम अलपत्र परेको बताए । उनले थाहा नगरपालिकाको टौखेलदेखि वज्रबाराही हुँदै कुन्साल जोड्ने बाटो दुईवर्षअघि ठेक्का भएर १८ महिनामा सम्पन्न गर्नुपर्नेमा अहिले ४५ प्रतिशत काम मात्र सम्पन्न हुँदा तत्काल निर्माण गर्न ध्यानाकर्षण गराए ।

सांसद महेश बस्नेतले इलाम सदरमुकाममा रहेको सङ्घीय खानेपानी कार्यालय इलामबाट सार्ने निर्णयले धेरै जनतालाई असर पर्ने भएकाले निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न माग गरे ।

सांसद मीना तामाङले नेपालको भौगोलिक संरचनाअनुसार हटाउने भनिएको तुइन विस्थापित गर्ने भएता पनि तुइनबाट धेरै मानिसको मृत्यु र बेपत्ता हुने गरेकोप्रति सरकारको ध्यानाकर्षण गरााए ।

सांसद मेटमणि चौधरीले बैंकहरुले ब्याजदर घटाए पनि ऋणको माग हुन नसक्दा लगानी क्षेत्र सङ्कुचन भएको भएको अवस्थामा तरलता आएको हुँदा उद्योग, राष्ट्रिय गौरवको योजना अलपत्र गरेको हुँदा त्यस क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।

सांसद मेनुकाकुमारी पोखरेलले दाङ जिल्लाको लमही घोराही सडकमा पर्ने मसुट खोला पुल जीर्ण भएको र अहिलेसम्म मर्मत नभएकोप्रति ध्यानाकर्षण गराउँदै तत्काल निर्माणको माग गरे ।

सांसद मैना कार्कीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले महिलालाई घरेलु कामदार खाडीमा पठाउने निर्णय गरेको सुनिएकाले सरकारले पठाउने हो भने सम्झौता गरेर मात्र पठाउन सरकारसँग माग गरिन् ।

सांसद मङ्गलप्रसाद गुप्ताले नेकपा (एमाले) को केन्द्रीय कमिटीले गरेको निर्णय उपयुक्त भएको र पदको पर्यादा अनि बलियो नेतृत्व भएका स्थिर सरकार बन्ने विकास हुने बताए ।

सांसद योगेन्द्र मण्डलले विगत केही महिनादेखि बानेश्वर चोकलगायतका स्थानमा दिनको २÷३ बजेपछि पुरुषजस्तो देखिने सारी लगाएको तराई मूलका जस्ता देखिने व्यक्तिहरुले पैसा माग्ने नदिएको गालीगलोज गर्ने देखिएको र ती व्यक्तिहरु तराईवासी भएको हँुदा तत्काल पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद रणकुमारी वलमपाकी मगरले सदन कानुन बनाउने थलो भए पनि भ्रष्टाचार, विचौलिय, मानव तस्करजस्ता शब्द पटकपटक प्रयोग गर्ने र नभएको विषयलाई सत्यजस्तो देखाउन नहुने बताईन् ।

सांसद रणेन्द्र बरालीले वर्तमान सरकारले हकअधिकारको माग र आन्दोलनलाई खासै वास्ता नगरी अहिले सुनचाँदी व्यवसायीको आन्दोलनलाई बेवास्ता नगर्ने आग्रह गरे ।

सांसद रमा कोइराला पौडेलले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भर्खरै बेतन बोर्डको निर्णयले श्रमिकको तलब रु १९ हजार ५५० ज्याला निर्धारण गरेको भएपनि एकदम कम भएको बताईन् ।

सांसद राजेन्द्रकुमार केसीले कृषिबिनाको जीवनको कल्पना गर्न नसकिने अवस्थामा तराईमा ४६ प्रतिशत मात्र रोपाइँ भएको र खानेपानीको समस्या पनि त्यतिकै देखिएकाले समाधानका लागि सरकारसँग विशेष कार्यक्रम ल्याउन माग गरे ।

सांसद राजेन्द्रकुमार राईले धनकुटा जिल्लाको सागुडीगडी र चौबिसी गाउँपालिकामा नागरिकता नपाएको आठ दिन भएको हुनाले तत्काल प्रशासकीय अधिकृत पठाउन माग गरे ।

सांसद रामकृष्ण यादवले मधेसमा खडेरी र खानेपानीको अभाव भएको हुनाले सङ्कटमा परेको जनतालाई सहयोग गर्नुपर्ने भएकाले तत्काल राहत घोषणा गर्न माग गरे ।

सांसद रामप्रकाश चौधरीले तराई मधेसमा खडेरीका कारण धान रोप्न नसकिएको र खानेपानी नपाएर मानिसहरु छटपटिरहेको हुनाले राहत, क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।

सांसद रामहरि खतिवडाले खानेपानीको अभावले तराईमा समस्या भएको खानेपानीमन्त्रीलाई बोलाएर तत्काल समाधान खोज्न माग गरे ।

सांसद रुकमणि राणा बराइलीले मौसमा आएको परिर्वतनका कारण कही बढी पानी र कही खडेरी परेको अवस्था देखिएका तराईमा धान रोप्न नपाउदा खाद्य सङ्कट हुनेप्रति सरकारको ध्यानाकर्षण गराईन् ।

वि.सं.२०८२ साउन ७ बुधवार १६:३९ मा प्रकाशित

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...