back
CTIZAN AD

प्रतिनिधिसभा बैठक : ‘केन्द्रमा बन्ने बजेट गाउँमा पुगेन’

वि.सं.२०८२ साउन ८ बिहीवार

510 

shares

काठमाडौँ । केन्द्रमा बन्ने बजेटमा उल्लेख भएकै रकम किन गाउँ गाउँमा पुग्दैन यसको कारण खोजी गरी रोक्नुपर्नेमा सांसदले जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद डा चन्द्रकान्त भण्डारीले राजधानीबाट रु १०० पठाउँदा गाउँमा रु ५० मात्र पुग्ने भएकाले यसलाई रोक्न संसद्ले भूमिका खेल्नुपर्ने बताए । धवलागिरीमा स्याउको खेती हुने उल्लेख गर्नुहुँदै उहाँले त्यहाँको जग्गा नापी नभएकाले नापी गर्ने गरी रुलिङ गर्न सभामुखसँग माग गरे ।

सांसद लीलानाथ श्रेष्ठले तराइ मधेसमा पानीको अभाव भएकाले खानेपानीको व्यवस्था गर्न माग गरे । लम्पी स्किनले तराइ मधेस क्षेत्रमा क्षति भएकाले सरकारले केन्द्रबाट पठाएको सुई लगाउनुपर्नेमा पनि उनले जोड दिए ।

सांसद पूर्णबहादुर घर्तीमगरले संविधान संशोधनको सात बुँदासहित सरकार गठन भएको एक वर्ष पूरा हुँदा पनि कुन कुन दफा संशोधन गर्न लागिएको हो भन्ने थाहा नपाइएको बताए ।

सांसद राजेन्द्रप्रसाद पाण्डेले २१ वर्ष पुरानो सौर्य एयरलाइन्स नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति विना उडाएर गत वर्ष दुर्घटना भएकाले दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति एवं न्याय दिन माग गरे ।

सांसद रञ्जुकुमारी झाले मधेस प्रदेशमा खानेपानीको समस्या समाधान गर्न माग गरे ।

वि.सं.२०८२ साउन ८ बिहीवार १६:४० मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...