back
CTIZAN AD

मनसुन विशेष : काठमाडौँ नजिकैका १० झरना, एकदिने घुमफिरका लागि उत्कृष्ट

वि.सं.२०८२ साउन ९ शुक्रवार

4.4K 

shares

काठमाडौँ । वर्षा याम लागेसँगै चिसो पानीको आनन्द लिन कहाँ जाने ? भन्ने कुराको कौतुहलता लाग्नु स्वाभाभिकै हो, साथै केही समयको लागि मात्रै भए पनि यो कङ्क्रिटले बनेकाे शहरबाट टाढा जाने रहर हामी जो कोहीकाे पनि हुन्छ नै । मानव जीवनका यस्ता थुप्रै पाटाहरू छन् । तिनीहरू मध्येको एक हो मनोरञ्जन । मनोरञ्जन मान्छेको जीवनमा नभई नहुने कुरा पनि हो ।

जब हामी हाँस्छौ तब हाम्रो शरीरमा हर्मोन उत्पादन हुन्छ जसले गर्दा तनाव घटाउँछ ।  प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । रक्तचाप घटाउनुका साथै मुटुको स्वास्थ्यमा समेत सुधार आउँछ । यसले पाचन प्रणालीलाइ । हाँसोलाई निःशुल्क रूपमा पाइने औषधिको रूपमा पनि लिन सकिन्छ ।

यसैकाे सेराेफेराेमा रहेर आज हामी कुरा गर्दैछाैं काठमाडौँबाट नजिकै रहेका झरनाहरूकाे ।  जाहाँ साथीभाइ, परिवारसँग गएर रमाइलो गर्न सकिन्छ । यी झरनाहरूमा जाँदा गर्मी महिनामा चिसो महसुस हुने  र हरियालीको आनन्द लिन सकिने प्रमुख गन्तव्य बन्नसक्छन् ।

१. झोर झरना

काठमाडौँबाट नजिकै रहेको चर्चित झरना हो झोर झरना। काठमाडौँको उत्तरी भागमा पर्ने टाेखा नगरपालिकमा अवस्थित यो झरनामा जम्मा ३० देखि ४५ मिनेटमा निजी सवारी साधन प्रयोग गरेर पुग्न सकिन्छ भने सार्वजनिक बस प्रयोग गर्दा झन्डै एक घण्टा वा बढी पनि लाग्न सक्छ। बाटो पिच गरिएको छ र अन्त्यमा करिब १५–२० मिनेट पैदल यात्रा गर्नुपर्छ।काठमाडाैंकाे मध्यभागबाट लगभग १०–११ किमी टाढा रहेको छ ।

 

२. सुन्दरि जल झरना

शिवपुरी राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमै पर्ने झरना हो सुन्दरिजल झरना  । यो झरना काठमाडौँको  पुर्वी भागमा रहेकाे गाेकर्णेश्वर नगरपालिकामा अवस्थित छ । यहि झर्नाबाट अाएकाे पानी काठमाडाैंबासिले उपभाेग गर्ने पानी हाे । बौद्ध वा गोठटारबाट ४५ मिनेटदेखि १ घण्टासम्मको दूरीमा पर्दछ । निजी गाडीमा सजिलै जान सकिन्छ भने सार्वजनिक बसबाट चोकसम्म पुगेर माथि झरनातिर करिब ३०–४५ मिनेट हिँड्नुपर्छ । बाटो पिच भए पनि वर्षामा ट्रेल अलिकति चिप्लो हुने सम्भावना रहेको छ । काठमाडाैंकाे मध्यभागबाट दूरीः लगभग १६–१७ किमी टाढा रहेको छ ।

३. विष्णुद्वारा झरना

बुढानीलकण्ठ मन्दिर नजिकैको यो झरना विष्णुमती नदीको मूल स्रोत मानिन्छ । काठमाडौँबाट आफ्नै साधनमा बुढानीलकण्ठ पुग्न ३० मिनेट लाग्छ र त्यहाँबाट करिब ३० मिनेटको पैदल यात्रामा झरनामा पुगिन्छ । बाटो पिच भए पनि जङ्गल ट्रेल भएकाले पानी हुँदा सावधानी अपनाउनुपर्ने हुन्छ । काठमाडाैंकाे मध्यभागबाट लगभग १२–१३ किमी टाढा रहेको छ ।

४. तिन धारे झरना (बाहुबली झरना)

काभ्रेको नमोबुद्ध नगरपालिकामा पर्ने  यो झरना सामाजिक सञ्जालमा “बाहुबली झरना” का रूपमा चर्चित हुँदै आएको छ । काठमाडौँबाट निजी गाडीमा करिब २.५–३ घण्टाको दूरीमा पर्ने यो झरना आएको पनि धेरै भएको छैन तर अहिले भने यो झरनाको चर्चाले पर्यटकलाई खुब लोभाएको पाइन्छ । अन्तिम करिब १ घण्टा पैदल हिँड्नुपर्छ । बाटोको अधिकांश भाग पिच भए पनि अन्त्यतिर कच्ची सडक र ट्रेकिङ ट्रेल भएकाले वर्षा याममा अलिक अप्ठ्यारो हुन सक्छ । काठमाडाैंकाे मध्यभागबाट दूरीः लगभग ६५–७० किमी टाढा रहेको छ ।

५. सिम्बा फाल्स

ललितपुरको महाङ्काल गाउँपालिकामा अवस्थित  यो झरना गाउँको शान्त वातावरणमा अवस्थित छ । काठमाडौँबाट निजी सवारीमा लेले हुँदै गोटी खेलबाट मैनिकेल पुग्न २ घण्टाजति लाग्छ । त्यहाँबाट झरनासम्म पुग्न ४५–६० मिनेट पैदल ट्रेक गर्नुपर्छ । बाटो सुरुमा पिच भए पनि अन्त्यमा कच्ची र जङ्गल ट्रेल छ, जुन वर्षामा चिप्लो हुन सक्छ । काठमाडाैंकाे मध्यभागबाट  लगभग ४५–५० किमी टाढा रहेको छ ।

६. मोहीनी झरना
मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका भित्र पर्ने यो झरना कुलेखानी ड्याम नजिकैको रमणीय स्थानमा रहेको छ । काठमाडौंबाट बालकु हुँदै चित्लाङतर्फ गाडीमा २.५–३ घण्टा लाग्न सक्छ । बाटो मध्यम खालको पिच र कच्ची मिक्स छ । अन्त्यमा केही ट्रेक गर्नुपर्ने भए पनि झरना चन्द्रागिरि डाँडाबाट देखिन पनि सक्छ । काठमाडाैंकाे मध्यभागबाट लगभग ४०–५० किमी टाढा रहेको छ ।

७. फुङफुङ झरना
नुवाकोट जिल्ला ककनी गाउँपालिकामा रहेको फुङफुङ झरना साउन–भदौको मौसममा अत्यन्त आकर्षक हुन्छ। काठमाडौंबाट बल्खु हुँदै ककनी पुग्न १.५ घण्टा लाग्छ । त्यहाँबाट झरनासम्म करिब ३० मिनेट पैदल ट्रेक गर्नुपर्छ । बाटो पिच भए पनि ट्रेलमा संकेत कम छन्, स्थानीयसँग सोधेर जानु राम्रो हुन्छ । काठमाडाैंकाे मध्यभागबाट  लगभग ३५–४० किमी किमी टाढा रहेको छ ।

८. कगेश्वरी झरना
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने कगेश्वरी झरना धार्मिक र प्राकृतिक दुवै रूपमा आकर्षक गन्तव्य हो। काठमाडौंको बौद्ध वा जोरपाटीबाट १ घण्टाजति दूरीमा रहेको यस ठाउँसम्म निजी वा टेम्पोमार्फत पुग्न सकिन्छ । त्यहाँबाट झरनासम्म १५–२५ मिनेटको जंगल ट्रेल पार गर्नुपर्छ। बाटो सामान्य भए पनि वर्षायाममा चिप्लो हुन सक्छ । काठमाडाैंकाे मध्यभागबाट  लगभग १५–१८ किमी टाढा रहेको छ ।

९. जलबिरे झरना

चितवनको इच्छाकामना गाउँपालि अन्तर्गत मुग्लिन नजिकै अवस्थित यो झरना साहसिक खेल क्यान्योनिङका लागि प्रख्यात छ । काठमाडौंबाट गाडीमा ३.५–४ घण्टा लाग्छ। झरनासम्म पुग्न केही पैदल हिँडाइ गर्नुपर्छ । बाटो सुरिलो भए पनि लामो दूरी भएकोले बिहानै निस्कनुपर्छ । वर्षायाममा बहाव उच्च हुने भएकाले सावधानी आवश्यक हुन्छ । काठमाडाैंकाे मध्यभागबाट  लगभग ८० किमी टाढा रहेको छ ।

१०. नगरकोट झरना

भक्तपुरको चाँगुनारायण नगरपालिका अन्तर्गत पर्ने यो झरना नगरकोट हाइकिङ ट्रेल नजिकै पर्छ । यो झरना परिवार र साथीभाइसँग पिकनिक वा छोटो ट्रेकका लागि उपयुक्त गन्तव्य हो। काठमाडौंबाट सिधा कार वा मोटरसाइकलमा १ घण्टामै नगरकोट पुग्न सकिन्छ । त्यहाँबाट ३० मिनेटजति हाइक गरेर झरनामा पुगिन्छ। बाटो राम्रो भए पनि बर्खामा कुहिरो र चिप्लो ट्रेल हुन सक्छ । काठमाडाैंकाे मध्यभागबाट लगभग २६–२८ किमी टाढा रहेको छ ।

११ लौके झरना
काठमाडौँबाट नजिकै अवस्थित अर्को आकर्षक गन्तव्य हो लौके झरना। यो झरना नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा पर्छ। काठमाडौँको उत्तरपश्चिम भागबाट टोखा- नुवाकोटपयत मार्ग हुँदै निजी सवारी साधन प्रयोग गरेर झरनासम्म पुग्न करिब १।५ देखि २ घण्टा लाग्छ भने सार्वजनिक यातायात प्रयोग गर्दा अझै केही समय बढी लाग्न सक्छ। बाटो मुख्य रूपमा पिच गरिएको छ, तर अन्त्यतिर करिब १५ मिनेट पैदल यात्रा गर्नुपर्ने हुन्छ। वर्षायाममा झरनाको बहाव विशेष आकर्षक हुने भएकाले यो स्थान युवामाझ लोकप्रिय बन्दै गएको छ। काठमाडौंको मध्यभागबाट लगभग २१–२४ किमी टाढा रहेको छ।

यो पनि हेर्नूहोस् ।

काठमाडौँ नजिकका प्रख्यात १० पदयात्रा

वि.सं.२०८२ साउन ९ शुक्रवार १७:०८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...