back
CTIZAN AD

काठमाडौँ नजिकका प्रख्यात १० पदयात्रा

वि.सं.२०८१ भदौ ५ बुधवार

4.1K 

shares

काठमाडौँ । रिफ्रेस हुनको लागि मानिसहरू हाईकिङ्ग अर्थात् पदयात्रा जाने गर्दछन् । हरियाली डाँडापाखा र मनोरम दृश्यको अवलोकनले दिमागलाई शान्त पार्ने हुँदा मानिसहरूको पहिलो रोजाइ पदयात्रा बन्न पुगेको होे । समूह बनाएर आफूसँग मिल्ने साथी वा परिवारसँग विभिन्न प्रकारका खाजा बोकेर प्रकृतिसँग घुलमिल गरी आफूलाई फ्रेस बनाउनको लागि पदयात्रा अति उपयोगी मानिन्छ ।

काठमाडौँको कङ्काल सहरमा बस्दाबस्दै दिक्क भएका मानिसहरुले हरियाली मौसम र ताजा हावाको खोजी गर्नुस्वाभाविक नै हो । अझै गाउँ घरको ताजा मौसममा हुर्केका मानिसहरूलाई काठमाडौँ सहर दुई चार दिन मात्र हो आँखामा बस्ने । त्यसपछि हरियाली, सुन्दर प्रकृतिले उनीहरूको तन, मन र दिमागलाई तानिरहेको हुन्छ । कङ्काल काठमाडौँ सहरलाई छिचोलेर नजिकै रहेका १० ठाउँको पदयात्रामा निस्केर प्रकृतिको मज्जा लिन सकिन्छ । कुन–कुन हुन् पदयात्राका लागि महत्वपूर्ण दश ठाउँ आउनुहोस्, एकैछिन चर्चा गरौँ ।

सुन्दरी जल–चिसापानी
सुन्दरीजल पदयात्राका लागि काठमाडौँ वरपरको लोकप्रिय गन्तव्य हो । गोकर्णेश्वर नगरपालिकामा रहेको सुन्दरीजलमा पदयात्रा मात्र नभएर विभिन्न खालका क्याम्प पनि हुने गर्दछ । यो ठाउँँ स्काउट क्याम्पको लागि अति उपयोगी भएको पाईन्छ । पदयात्रामा झरनाहरू, सुन्दर जङ्गलहरू र परम्परागत गाउँहरूको दृश्यबाट मज्जा लिन र खोलामा बगिरहेको पानीको आवजले आनन्जदाको आवस दिलाउँछ । सुन्दरीजल हाइकिङ ट्रेल लगभग १५ किलोमिटर लामो छ । यो यात्रा पूरा गर्न लगभग आठ घण्टा लाग्छ । सुन्दरीजल गाउँबाट सुरु हुने पदयात्रा चिसापानीमा गई सकिन्छ । जुन विभिन्न वन्यजन्तुहरू, झरनाहरू र रमणीय वनहरू घरको रूपमा चिनिन्छ

 

बुढानीलकण्ठ–शिवपुरी
पदयात्राका लागि प्रख्यात अर्को गन्तव्य काठमाडौँबाट नजिकै रहेको शिवपुरी पनि हो । यो उपत्यकाबाट १२ किलोमिटर उत्तरमा अवस्थित दोस्रो–अग्लो पहाड हो । शिवपुरीले सहरको भिडभाडबाट बच्न चाहनेहरूका लागि उत्कृष्ट गन्तव्यको रुपमा लिन सकिन्छ । पदयात्रीहरूले भगवान् विष्णुको भव्य मूर्ति रहेको बुढानीलकण्ठको पवित्र मन्दिर सहित धेरै धार्मिक स्थलहरू घूम्न पाउने अवसर प्राप्त गर्दछन् ।

हाईकिङ्ग ट्रेल बुढानीलकण्ठबाट सुरु भएर शिवपुरी चुचुरोसम्म पुग्छ । बाटोमा, पदयात्रीहरूले काठमाडौँ उपत्यकाको सुन्दर दृश्य, हरियाली वन र वन्यजन्तुको आनन्द लिन सक्छन् । पदयात्रा पूरा गर्न लगभग छ घण्टा लाग्छ । पदयात्रीहरूले हाइकिङ ट्रेलबाट हिमालय पर्वत र काठमाडौँ उपत्यकाको मनमोहक दृश्यको आनन्द लिन सक्छन् ।

 

धुलिखेल–नमोबुद्ध
नमोबुद्ध पदयात्रा पनौती नजिकैको पहाडमा अवस्थित नमोबुद्ध नामक मठमा पुग्ने एक दिने पैदल यात्रा हो । नमोबुद्ध पदयात्रा धुलिखेलबाट सुरु भएर नमोबुद्ध स्तुपा रहेको पहाडमा पुग्छ । पदयात्रामा सुन्दर खेतहरू, साना गाउँहरू र रमणीय जङ्गलहरू हुँदै नमोबुद्धको मन्दिर सम्म पुगिन्छ । पदयात्रा पूरा गर्न करिब सात घण्टा लाग्छ । यो पदयात्रामा पहाडको टुप्पोबाट मनमोहक दृश्यहरू देख्न सकिन्छ ।

यो पदयात्राको मुख्य विशेषता नमोबुद्ध स्तुपा चियाउनु हो । जुन नेपालको सबैभन्दा पवित्र बौद्ध तीर्थस्थल मध्ये एक मानिन्छ । भगवान् बुद्धले आफ्नो अघिल्लो जन्ममा आफ्नो शरीर एक भोकले मरेको बाघ र तिनका बच्चाहरूलाई दिएको ठाउँमा यो स्तूप निर्माण गरिएको मानिन्छ ।

फर्पिङबाट–चम्पादेवी
चम्पादेवी पनि एक प्रख्यात पदयात्रा भित्र पर्दछ । यो काठमाडौँ उपत्यकाको दक्षिणतर्फ अवस्थित छोटो पदयात्रा हो । पदयात्रा फर्पिङबाट सुरु भएर चम्पादेवी चुचुरोसम्म पुग्छ । पदयात्रामा सुन्दर जङ्गलहरू र परम्परागत गाउँहरू हुँदै चम्पादेवी मन्दिर पुगिन्छ । यहाँबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्यहरू हेर्न सकिन्छ । पदयात्रा पूरा गर्न करिब छ घण्टा लाग्छ । पदयात्राको मुख्य विशेषता सगरमाथा र काठमाडौँ उपत्यकालगायत हिमालय शृङ्खलाका दृश्यहरू हेर्नु हो ।

थानकोट–चन्द्रागिरि
काठमाडौँबाट नजिकै रहेको अर्को नयाँ पदयात्राको गन्तव्यका रूपमा चन्द्रागिरिलाई लिन सकिन्छ । पदयात्रा थानकोटबाट सुरु भई चन्द्रागिरि पहाड सम्म पुग्छ । जङ्गल, साना गाउँहुँदै जाने यो ट्रेलबाट काठमाडौँ उपत्यका र हिमालयको मनोरम दृश्य हेर्न सकिन्छ ।

चन्द्रागिरि पदयात्राको लागि लामो दुरी र छोटो गरी दुई वटा बाटो छ । यदि माछेगाउँबाट पैदल यात्रा सुरु गरेमा पूरा गर्न लगभग दुई तीन घण्टा लाग्छ । जुन छोटो दुरीमा पर्दछ ।
लामो मार्ग छनौट गरेमा दक्षिणकालीबाट पदयात्रा सुरु भएर छ घण्टामा गन्तव्यमा पुग्न सकिने छ ।

 

बालाजु बाइपास–नागार्जुन
नागार्जुन पनि काठमाडौँबाट नजिक रहेको एक चर्चित पदयात्रा हो । जसलाई जामाचो हाइकिङ पनि भनिन्छ । यो काठमाडौँबाट पाँच किलोमिटर उत्तर पश्चिममा अवस्थित एक लोकप्रिय पदयात्रा गन्तव्य हो । यो काठमाडौँ उपत्यका र वरपरका पहाडहरूको दृश्यहरूको लागि परिचित पदयात्रा मानिन्छ ।

बालाजु बाइपासबाट नागार्जुन पदयात्रा करिब सात किलोमिटर लामो दुरीमा छ । जसलाई पूरा गर्न करिब तीन घण्टा लाग्छ । पदयात्रामा सुन्दर जङ्गलहरू, परम्परागत गाउँहरू र धार्मिक स्थलहरूको मनरोम दृश्य हेर्न सकिन्छ । यो पदयात्रा प्रकृति प्रेमीहरूको लागि उत्तम गन्तव्यको रूपमा मानिन्छ । यस हाइकिङ ट्रेलको मुख्य आकर्षण जामाचो शिखर हो । जुन दुई हजार एक सय ३५ मिटरको उचाइमा छ । ्जसले काठमाडौँ उपत्यकाको मनमोहक दृश्य प्रस्तुत गर्दछ ।

साँगा–नगरकोट
नगरकोट साँगा हाइकिङ ट्रेल केही व्यायाम गर्दै प्रकृतिको सौन्दर्य अन्वेषण गर्ने उत्तम माध्यम हो । साँगाबाट सुरु भई नगरकोट सम्म १६ किमी लामो छ । यो पदयात्रा पूरा गर्न लगभग छ घण्टा लाग्छ । जहाँ सुन्दर जङ्गलहरू, परम्परागत गाउँहरू र मन्दिरहरू भेटाउन सकिन्छ । यस पदयात्राको मुख्य आकर्षण साँगा महादेवको मन्दिर हो । जुन विश्वको सबैभन्दा अग्लो शिव मूर्तिको रूपमा परिचित छ ।

पदयात्राको मुख्य विशेषता भनेको सगरमाथा लगायत हिमालय पर्वतमालाको मनोरम दृश्यका साथै सूर्योदय र सूर्यास्तलाई नजिकैबाट नियाल्न सकिन्छ र तलको उपत्यकाको मनोरम दृश्य हेरेर आन्नदा लिन सकिन्छ । नगरकोट साँगा पदयात्रा सहरबाट एक उत्तम यदयात्रा हो र यसले नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक समृद्धिको साक्षी दिने अनुपम अवसर प्रदान गर्दछ ।

नगरकोट –चाँगुनारायण
काठमाडौँबाट नजिकै रहेको एक प्रख्यात पदयात्राको रूपमा चाँगुनारायण पनि पर्दछ । पदयात्रा नगरकोटबाट सुरु भई चाँगुनारायण मन्दिरमा पुरा हुन्छ । पदयात्राको मुख्य विशेषता भनेको ऐतिहासिक चाँगुनारायण मन्दिरको भ्रमण हो, जुन भगवान् विष्णुलाई समर्पित छ । यो चौथो शताब्दी इस्वीमा रहेको मानिन्छ । मन्दिरले जटिल नक्कासी, मूर्तिहरू र समृद्ध सांस्कृतिक सम्पदाको घमन्ड गर्दछ जसले यसलाई नेपाली इतिहास र संस्कृतिमा रुचि राख्ने जो कोहीलाई पनि घुम्नै पर्ने गन्तव्य बनाउँछ ।

पदयात्रा लगभग १२ किमी लामो छ । यो पदयात्रा पूरा गर्न लगभग चार पाँच घण्टा लाग्छ । यहाँबाट सुन्दर गाउँहरू, जङ्गलहरू र मन्दिरहरू हेर्न सकिन्छ ।

ककनी–भन्ज्याङ
ककनी काठमाडौँबाट २३ किलोमिटर उत्तर पश्चिममा अवस्थित अर्को लोकप्रिय पदयात्रा गन्तव्य हो । त्याहबाट अन्नपूर्ण, मनासलु, र गणेश हिमाल लगायतका हिमालय शृङ्खलाका मनोरम दृश्यहरू हेर्न सकिन्छ । ककनीदेखि भन्ज्याङसम्मको पैदल यात्रा करिब आठ किलोमिटर लामो छ । यो यात्रा पूरा गर्न करिब तीन देखि चार घण्टा लाग्छ । यहाँ सुन्दर जङ्गलहरू, लालीगुराँसका रूखहरू र परम्परागत गाउँहरू भेटिन्छन् ।

लाङटाङ र गणेश हिमाल शृङ्खलाका हिउँले ढाकिएको चुचुरोमा सूर्योदय र सूर्यास्तको मनोरम दृश्यहरू हेर्ने अवसर यस पदयात्राको मुख्य विशेषता हो ।

गोदावरी–फुलचोकी
फुलचोकी नेपालको एक लोकप्रिय पैदल यात्रा गन्तव्य हो । जहाँ प्राकृतिक सौन्दर्य र सांस्कृतिक अनुभव लिन सकिन्छ । काठमाडौँबाट १८ किलोमिटर दक्षिण पूर्वमा रहेको यो काठमाडौँ उपत्यका वरपरको सबैभन्दा अग्लो पहाड हो । जुन दुई हजार सात सय ६२ मिटरको उचाइमा छ । यहाँबाट सुन्दर जङ्गलहरू, परम्परागत गाउँहरू, र धार्मिक स्थलहरूको अवलोकन गर्न पाइन्छ ।

यस पदयात्राको मुख्य आकर्षण शिखरमा पुग्नु हो । जहाँबाट हिमालय पर्वत शृङ्खला र उपत्यकाका दृश्यहरू हेर्न पाइन्छ । संस्कृतिमा रुचि राख्नेहरूका लागि पदयात्रामा काली मन्दिर र तिब्बती गुम्बा लगायतका धेरै धार्मिक स्थलहरू पनि हेर्न पाइन्छ ।

वि.सं.२०८१ भदौ ५ बुधवार १२:२८ मा प्रकाशित

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा...

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

घोराही (दाङ) । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी...

पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङ । मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी...

ट्राफिक कारबाहीमा एकैदिन २३ लाख ७१ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २३ लाख ७१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार दुई हजार २९९...

तनहुँ जलविद्युत् आयोजना : मुख्य बाँध ५० प्रतिशत पूरा

तनहुँ जलविद्युत् आयोजना : मुख्य बाँध ५० प्रतिशत पूरा

दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको...

मौसममा सामान्य बदली रहने, यी प्रदेशका केही स्थानमा वर्षा हुने

मौसममा सामान्य बदली रहने, यी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । आज देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदली रहने...