back
CTIZAN AD

नार्कमा कार्यरत वैज्ञानिक कर्मचारीहरू चरणबद्ध आन्दोलनमा 

वि.सं.२०८१ भदौ ५ बुधवार

945 

shares

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा कार्यरत वैज्ञानिक कर्मचारीहरूले आजदेखि परिषद् अन्तर्गतका सबै कार्यालयहरूमा अति आवश्यक बाहेकका कामकाज बन्द गर्ने घोषणा गरेका छन् ।

पशुपक्षी तथा माछाको दानापानी, बालीनालीमा सिँचाइ, मल खाद र औषधि उपचार बाहेकका सबै कामकाज बन्द गर्ने उनीहरूको भनाइ छ ।

आज पहिलो दिन नार्कका निमित्त कार्यकारी निर्देशक बोजराज खनालको कार्यकक्षमा तालाबन्दी गरिएको नार्कका आन्दोलनरत वैज्ञानिक दीपक अधिकारीले जानकारी दिए ।

उनीहरूका  केन्द्रीय कार्यालयमा तालाबन्दी, अन्य कार्यालयमा पेन डाउन, कार्यकालका चार पाङ्ग्रे गाडी प्रयोगमा निषेध लगायतका आन्दोलनका कार्यक्रम छन् । आज उनीहरूले निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा ताला लगाएका छन् ।

नार्कमा कार्यरत वैज्ञानिक कर्मचारीहरूलाई विभेदकारी ढङ्गबाट कम हुने गरी तलबमान कायम गरिएको भन्दै उनीहरू आन्दोलनरत छन् । त्यस सम्बन्धी रिटमा पाटन उच्च अदालतले समानताको आधारमा तलबमान निर्धारण गरी कार्यान्वयन गराउन परमादेश जारी गरे पनि परिषद् व्यवस्थापन कार्यान्वयनमा उदासीन देखिएको भन्दै कर्मचारीहरू विरोधमा छन् ।

वि.सं.२०८१ भदौ ५ बुधवार १२:२३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...