back
CTIZAN AD

करदाता शिक्षाले गर्दा गत आवमा काभ्रेमा नौ प्रतिशत कर सङ्कलनमा वृद्धि

वि.सं.२०८२ साउन ११ आइतवार

741 

shares

काभ्रेपलाञ्चोक । आर्थिक वर्ष २०८१र८२ मा काभ्रेपमा करिब नौ प्रतिशतले कर बढेको छ । बितेको आवमा रु तीन अर्ब ८८ करोड ५९ लाख ६८ हजार राजस्व सङ्कलन अघिल्लो आबभन्दा आठ दशमलव ७२ प्रतिशतले वृद्धि भएको हो ।

जिल्लास्थित आन्तरिक राजस्व कार्यालय धुलिखेलले वार्षिक लक्ष्यको तुलनामा ८५ दशमलव ६१ प्रतिशत प्रगति गरेको जनाइएको छ । यसमध्ये आयकर रु एक अर्ब ८२ करोड ३३ लाख ४९ हजार, घरबहाल कर रु तीन करोड २७ लाख २७ हजार, ब्याजकर रु ३२ करोड ७५ लाख १५ हजार सङ्कलन भएको हो । यस्तै अन्य आयकरतर्फ कार्यालयमा रु दुई अर्ब १८ करोड ३५ लाख ९१ हजार सङ्कलन भएको छ ।

कार्यालयका अनुसार मूल्य अभिवृद्धिकर रु एक अर्ब ३० करोड एक लाख ३३ हजार, अन्तःशुल्क रु ४० करोड १९ लाख ५३ हजार, शिक्षा सेवा शुल्क रु दुई लाख ६१ हजार, स्वास्थ्य सेवा शुल्क रु २९ हजार र अन्य शुल्क रु एक हजार सङ्कलन भएको छ ।

अघिल्लो आवको तुलनामा घरबहाल कर नौ दशमलव ०४ प्रतिशत र ब्याजकर तीन दशमलव ३० प्रतिशतले घटेको देखिएको छ । कुल आयकर सात दशमलव ८८ प्रतिशतले बढेको कार्यालयले जनाएको छ । यस्तै अन्तःशुल्क १५ दशमलव १० प्रतिशत, मुअकर आठ दशमलव ३९ प्रतिशतले बढेको हो । राजस्व हिस्सामा आय करले चार दशमलव ९२ प्रतिशत स्थान ओगटेको तथ्याङ्कले देखाएको छ । आयकर तर्फबाट भने ५६ दशमलव १९ प्रतिशत स्थान हिस्सा राजस्वमा ओगटेको दखिएको छ ।

अघिल्लो आवमा जिल्लाबाट रु तीन अर्ब ५७ करोड ४४ लाख ५० हजार राजस्व सङ्कलन भएको थियो । काभ्रे मा कुल करदाताको सङ्ख्या एक लाख २९ हजार ९६९ छ । जसमध्ये एक हजार ३४५ सरकारी संस्था, मुअकरका पाँच हजार ९८१, व्यक्तिगत ७५ हजार १५७, आयकर ४५ हजार ७६८, स्वास्थ्य संस्था ४९, अन्तःशुल्कका एक हजार ५६६ र शिक्षण संस्थातर्फ एक सय तीन करमा आबद्ध भएका छन् ।

सरकारले हरेक क्षेत्रमा अनिवार्य पान नम्बर व्यवस्था गरेपछि करदाताको सङ्ख्या र कर सङ्कलनको दायरा क्रमशः बढेको प्रतिवेदनले देखाएको छ । कार्यालयका प्रमुख कर अधिकृत रमेश भट्टराईका अनुसार करप्रति बढिरहेको नागरिकको चासो र करदाता शिक्षाका कारण राजस्व सङ्कलन बढिरहेको हो । विसं २०४५ देखि भ्याटमा आबद्ध हुने कानुनी व्यववस्था सुरु गरिएको थियो ।

वि.सं.२०८२ साउन ११ आइतवार १०:१४ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...