काठमाडौँ । लगातार ८ दिन देखि सेयर उकालो लागेको सेयर बजार साताको पहिलो कारोबारको दिन अर्थत आइताबार नेप्से ओरालो लागको छ । नेप्से आज २३.९३ प्रतिशतले घटेर २९५८.७१ बिन्दुमा पुगेको छ ।
शेयर बजार खुलेको केहि समयमै तीन हजार नाघेको शेयर बजार घटेको हो । बजार खुलेको ६ मिनेटभित्रै परिसूचक २०.१६ अंकले बढेर ३००२.२० बिन्दुमा पुगेको थियो । यसअघि साउन ३० गते नेप्से ३०००.८१ बिन्दुमा पुगेको थियो भने कारोबार रकम २९ अर्ब ९५ करोड रुपैयाँ नाघेको थियो ।
आज ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर किनबेच हुँदा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।
आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशत बढेको हो । त्यस्तै, यस दिन विकास बैंक र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्द बढी बढेको छ । कारोबारमा आएका वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्द बढी घटेको छन् ।
यसदिन ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको घटेको छ ।
आज बजार घटे पनि तीन वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । समता घरेलु लगुवित्त, ट्रड टावर र सान्भि इनर्जिमा सकारात्क सर्किट लागेको हो । त्यस्तै आज घुमाउनेमा नारायाणी डेभलवमेण्ट बैंक लिमिटेड, १० एनआईसि एसिय डिबेन्चर र राप्ती हाईड्रो र जेनेरल कन्सट्रकसन अग्र पंतिमा रहेको छन् ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स पहिलो नम्बरमा रहेको छ । कम्पनीको यस दिन १ अर्ब २ करोड ३ लाख ३५ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ ।
वि.सं.२०८२ साउन ११ आइतवार १५:२६ मा प्रकाशित



























