back
CTIZAN AD

कङ्गोेः विद्रोही आक्रमणमा मारिनेको सङ्ख्या ४० भन्दा बढी पुग्यो

वि.सं.२०८२ साउन १२ सोमवार

909 

shares

कङ्गो । उत्तरपूर्वी कङ्गोमा ‘एलाइड डेमोक्र्याटिक फोर्स’का विद्रोहीहरूले आइतबार गरेको आक्रमणमा परी ४० जनाभन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियान तथा कङ्गोको सेनाले जनाएको छ ।

सन् २०१९ मा इस्लामिक स्टेटप्रति समर्पित एडिएफले कोमान्डा सहरको क्याथोलिक चर्चमा प्रार्थनाका लागि भेला भएका बासिन्दाहरूमाथि आक्रमण गरेको स्थानीयले जनाएका छन् ।

कङ्गोमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानका अनुसार आक्रमणमा नौ बालबालिकासहित ४३ जनाको मृत्यु भएको छ ।

प्रार्थनास्थललक्षित आक्रमणहरू मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानूनका मापदण्ड विपरीत भएको शान्ति अभियानका उपप्रमुख भिभियन भ्यान डे पेरेले बताए ।

कङ्गोको सेनाले ‘नरसंहार’ को निन्दा गर्दै ‘करिब चालीस जना मारिनुका साथै र अन्य धेरै जना गम्भीर रूपमा घाइते भएको’ उल्लेख गरेको छ । एडीएफले ‘आतंक फैलाउने समूहमाथि बदला लिने निर्णय गरेको बताएको छ ।

स्थानीय स्रोतहरूले भने कम्तिमा ३५ जनाको मृत्यु भएको रिपोर्ट गरेका थिए ।

युगान्डाको सिमानामा रहेको इटुरी क्षेत्रमा महिनौँको शान्तिपुर्ण वातावरणपछि पुनः रक्तपात भएको हो ।

यसअघि, एडिएफद्वारा फेब्रुअरीमा आक्रमण भएको थियो, जसमा मम्बासा क्षेत्रमा २३ जनाको मृत्यु भएको थियो ।

इरुमु क्षेत्रको कोमान्डा सहर सोपो, उत्तरी किवु र मनिमालाई जोड्ने तीन अन्य प्रान्तहरूको पनि व्यापारिक केन्द्र हो ।

एडिएफ युगान्डाका विद्रोही हुन् जसले यस क्षेत्रमा कङ्गोली सशस्त्र बलको साथमा युगान्डाको सेना तैनाथ भएपनि उत्तरपूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा हजारौं नागरिकहरूको हत्या र लुटपाट गरेको छ ।

सन् २०२१ को अन्त्यमा, कम्पाला र किन्सासाले एडिएफ विरुद्ध ‘सुजा’ भनिने संयुक्त सैन्य कारबाही सुरु भएको विद्रोह अहिलेसम्म नियन्त्रण भएको छैन ।

कङ्गोेली सेनाले एडिएफसँग बदला लिने प्रतिवद्धता व्यक्त गर्दै जनतालाई सतर्क रहन र कुनै पनि शङ्कास्पद व्यक्तिहरू फेला परेमा सेनालाई रिपोर्ट गर्न आह्वान गरेको छ ।(रासस/एएफपी)/फाईल फोटो

वि.सं.२०८२ साउन १२ सोमवार १६:४४ मा प्रकाशित

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...