काठमाडौँ । अमेरीकाको द युनिभर्सिटी अफ टेक्सास एल पासोमा नेपाली विद्यार्थी समाजको अध्यक्षमा पुर्णचन्द्र भुसाल चयन भएका छन ।
विश्वकै ठूलो विश्वविद्यालय प्रणाली मध्येमा पर्ने द युनिभर्सिटी अफ टेक्सास सिस्टम अन्तर्गतको द युनिभर्सिटी अफ टेक्सास एट एल पासोमा भुसाल चयन भएका हुन् ।
विश्वविद्यालयको आधिकारिक रुपमा दर्ता भएको यस समाजमा प्रत्येक वर्ष गठन हुने गरेको छ । यसपालि पनि जुलाई २६ को दिन निर्विरोध गठन भएको थियो । सन २०१५ मा नेपाली अग्रजहरुले स्थापना गरेका उक्त संस्थामा सन २०२५–२०२६ को लागि नयाँ नेतृत्व चयन भएको थियो । यस संस्थाको अध्यक्षमा पुर्णचन्द्र भुसाल रहेका छन् भने उपाध्यक्षमा अम्बिर खड्का रहेका छन् । त्यस्तै सचिवमा मेनुका गुरुङ, कोषाध्यक्षमा संजिव निरौला र डक्युमेन्टरिअनमा रोशन कंडेल चयन भएका छन् ।
यो समाजको उद्देश्य थुप्रै रहेका छन् । नेपाली संस्कृतिको सँरक्षण र प्रवर्धन गर्ने । उच्च शिक्षाका लागि उक्त युनिभर्सिटीमा गएका नेपाली विद्यार्थीहरुलाई सुरुवातका दिनमा आवश्यक सहयोग गर्ने गरेको छ । साथै युनिभर्सिटीमा हुने विभिन्न कार्यक्रमहरुमा बृहत नेपाल र नेपालीपनको झल्को देखिने गरी गर्विलो सहभगिता जनाउदै आएको छ । नेपालमा प्रख्यात रहेका चाडपर्वलाई पनि यस समाजले प्रथामिकतामा राखेर आफ्नो देशको संस्कृतिलाई विदेशी मूलुकमा झल्काएको छ । जस्तै तीज, दशैँ तिहारलाई उनीहरुले भव्यताका साथ मनाउने गरेका छन् । उनीहरुले प्रत्येक सप्तान्तमा नेपाली साथीहरुबिच फुटबल खेल र चिया गफ गर्दै एक आपसमा सुख दुःख साटासाट गर्ने गरेका पनि छन् ।
युनिभर्सिटी फूड फेस्टिभलमा सहभागिता, नेपाल–भुटान संस्कृति आदान प्रदान कार्यक्रम, नेपाल र भारतका विद्यार्थी संगठन मिलेर होली खेल्ने जस्ता कार्यक्रमलाई पनि भव्य र सभ्य तरिकाले सम्पन्न गर्दै आएको र पुरस्कार जितेको इतिहास पनि रहेको छ ।
नयाँ कार्यसमितिलाई बधाई दिँदै निवर्तमान अध्यक्ष शंकर पौडेल सहितको गतवर्षको कार्यसमितिले विगतका प्रभावशाली गतिविधिहरुलाई निरन्तरता दिँदै अब केहि दिर्घकालिन महत्वका काम गर्न शुभकामना पनि दिएका थिए ।
नयाँ कर्यसमितिका डक्युमेन्टरिअन रोशन कंडेलका अनुसार उक्त विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये सबैभन्दा राम्रो चिरपरिचित गुण भनेको नै पदको लागि भन्दा पनि स्वयंसेवालाई महत्व दिने रहेको बताएका थिए ।
यसै गरी सचिव मेनुका गुरुङले विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु स्वतः सदस्य रहने भएकोले आजसम्म नेपाली विद्यार्थीहरुबिच परस्पर साथ, सहयोग र सदभाव रहेको कुरा पनि प्रष्ट पारेकी थिईन् ।
त्यसै गरी अध्यक्ष पुर्णचन्द्र भुसाल सहित उपाध्यक्ष अम्बिर खड्का र कोषाध्यक्ष संजिव निरौलाले दिएको जानकारी अनुसार संस्थालाई यहाँसम्म ल्याउन सहयोग पुर्याउने अग्रजहरुलाई सम्मान गर्दै एल पासो मा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली तथा नेपाली मूलका व्यक्ति र परिवारहरुलाई भाषिक, सांस्कृतिक, र वैचारिक रुपमा एकसुत्रमा बाँध्ने प्रयास सफल बनाउने कुरामा निकै आशावादी रहेको बताएका थिए ।
वि.सं.२०८२ साउन १३ मंगलवार १२:४८ मा प्रकाशित






























