back
CTIZAN AD

कोदो संरक्षणमा फेदीखोला : दिवा खाजादेखि प्रत्यक्ष अभ्यास सम्म

वि.सं.२०८२ साउन १३ मंगलवार

4.4K 

shares

स्याङ्जा । लोपोन्मुख खाद्य बाली कोदो संरक्षणकाा लागि स्याङ्जाको फेदीखोला गाउँपालिकाले विषेश कार्यक्रम तथा नीति निर्माण गरेर सार्वजनिक गरेको छ ।

‘प्रथम राष्ट्रिय कोदो दिवस २०८२’को अवसरमा गाउँपालिकाले यस्तो कार्यक्रम सार्वजनिक गरेको हो । स्थानीय उत्पादन कोदोलाई बहुपयोगी, पोषणयुक्त तथा आर्थिक सम्भावनायुक्त खाद्यान्नको रूपमा प्रवद्र्धन गर्ने उद्देश्य राखेर पालिकाले विभिन्न नीति तथा कार्यक्रम ल्याएको अध्यक्ष घनश्याम सुवेदीले बताए ।

गाउँपालिकाले २०७७ सालदेखि कक्षा ६ को स्थानीय पाठ्यक्रम ‘हाम्रो फेदीखोला’मा ‘कोदोः बहुपयोगी खाद्यान्न’ शीर्षकको विषयबस्तु समावेश गरी विद्यार्थीहरूलाई सचेत गराउँदै आएको छ ।

अध्यक्ष सुवेदीका अनुसार संरक्षण, पोषण मूल्य, खाद्य सुरक्षा, कृषक आम्दानी तथा स्थानीय अर्थतन्त्रमा कोदोको योगदानलाई मध्यनजर गद नीतिगत निर्णयहरू गरिएको हो ।

दिवा खाजामा कोदोका परिकार अनिवार्य

कोदो प्रवर्धनका लागि गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा हप्तामा दुई दिन कोदोका परिकार अनिवार्य गरिएको छ ।
कोदोको ढिँडो, मम, तावा रोटी, पुवा, सेलरोटी, कोदोको चिउरा, हलुवा, सूप आदि परिकार बनाएर विद्यार्थीहरुलाई खुवाउने सुवेदीले बताए ।
‘पालिकाको मातहतका सबै सार्वजनिक निकाय : विद्यालय, वडा कार्यालय, चमेना गृह तथा सभा–सेमिनार स्थलहरूमा कोदोबाट बनेका परिकारहरूलाई प्राथमिकता दिई अनिवार्य प्रयोग गर्नुपर्ने नियम बनाएका छौँ’, उनले भने, ‘यो निर्णय २०८२ श्रावण १६ गतेदेखि कार्यान्वयनमा आउनेछ ।’

कोदो दिवसमा प्रत्यक्ष अभ्यास कार्यक्रम

अध्यक्ष सुवेदीले २०८२ श्रावण १६ गते कोदो दिवसका अवसरमा फेदीखोला गाउँपालिका–१, रामकोटमा कोदो रोप्ने कार्यक्रम आयोजना गरिएको भन्दै सोही अवसरमा कोदोबाट उत्पादित विभिन्न परिकारहरूको प्रदर्शनी र उपयोग मार्फत यसको बहुउपयोगी पक्ष प्रस्तुत गर्दै समुदायमा चेतना अभिवृद्धिको अभियान सञ्चालन गरिने बताए ।

कोदो सम्बन्धि पालिकाले गरेका निर्णयहरूले स्थानीय उत्पादनको प्रवद्र्धन, विद्यार्थीहरूको पोषण सुधार, कृषकहरूको आम्दानी अभिवृद्धि तथा सामुदायिक स्वाभिमानको वृद्धि गर्ने विश्वास फेदीखोला गाउँपालिकाले लिएको अध्यक्ष सुवेदीको दावी

वि.सं.२०८२ साउन १३ मंगलवार १२:३७ मा प्रकाशित

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...