back
CTIZAN AD

राप्रपामा चर्किँदै कलह : असन्तुष्ट कार्कीद्वारा पार्टी परित्याग

वि.सं.२०८२ साउन १५ बिहीवार

1.6K 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित केन्द्रीय सदस्य किशोर बहादुर कार्कीले पार्टी परित्याग गरेका छन् ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले नेतृत्वको स्वेच्छाचारी प्रवृत्ति, गुटबन्दी, भागबन्डा र हैकमवादी शैलीबाट निराश भएर पार्टी छाड्ने निर्णय गरेको बताए ।

पार्टी अध्यक्षले विमति राख्ने कार्यकर्तालाई पाखा लगाएर चाप्लुसी गर्नेलाई संरक्षण दिएको उनको आरोप छ । उनले वर्तमान नेतृत्वले पार्टीलाई विधिविहीन ढङ्गले सञ्चालन गरेको दाबी गरे ।

पार्टीमा विचारभन्दा पद, सेटिङ र साँठगाँठलाई प्राथमिकता दिइएको, पुराना कार्यकर्तालाई पाखा लगाएर अयोग्य र नवप्रवेशीलाई जिम्मेवारी दिइएको तथा बारम्बार चुनाव चिन्ह परिवर्तनले कार्यकर्तामा निराशा बढेको उनको तर्क छ ।

साधारण सदस्यता समेत त्याग्दै कार्कीले कुनै दल वा गुटमा नरही स्वतन्त्र रूपमा राष्ट्र र जनताको सेवामा रहने बताए । पूर्वमधेस प्रदेश संयोजक, प्रवक्ता र अनुशासन समिति सदस्य सचिव रहेका कार्कीको बहिर्गमनले राप्रपाभित्रको आन्तरिक कलह सतहमा आएको छ ।

वि.सं.२०८२ साउन १५ बिहीवार १६:४८ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...