काठमाडौ । नेपाली काङ्ग्रेसका उपसभापति, पुर्व मन्त्री धनराज गुरुङले पार्टी भित्र निगाह (बक्स) नहुने बताएका छन् ।
नेपाली काङ्ग्रेस केन्द्रिय कार्यालयमा नेपाली काङ्ग्रेस थारु विभागले आयोजना गरेको वर्तमान अवस्थामा थारुहरुको सामाजिक, आर्थिक, राजनैतिक अवस्था, अवसर र चुनौती बिषयक बिचार गोष्ठीमा आफ्नो भनाइ राख्दै उनले १२५ जातजाति र १२३ भाषाभाषी भएको देशमा प्रजातन्त्र,लोकतन्त्र, गणतन्त्र स्थापना गर्न सबैको योगदान भएको हुँदा थारु समुदायका ब्याक्तीहरुले पाएको अवसर पनि त्यहीँ योगदान अन्तर्गत रहेको बताए ।
उनले भने, “ अहिले खेलकुद मन्त्री तेजुलाल चौधरी हुनुहुन्छ, कतिपय ठाउँमा मेयर उपमेयर हुनुहुन्छ, सांसदहरु हुनुहुन्छ उहाँहरुले निगाह (बक्स) पाएको होइन उहाँहरुको योगदानले गर्दा पाएको हो ।
उनले पार्टीले केही दिन्छ कि भन्न भन्दा पनि योगदानमा ध्यान दिन आग्रह गरे । “योगदान गरेपछि मलाई यो चाहियो भन्नै पर्दैन“ उनको भनाइ थियो । पार्टी भित्र कसैलाई नजरअन्दाज गर्न नहुने पनि उनले धारणा राखे ।
धेरै जातजाति र भाषाभाषी भएको देशमा बिचारले सबैलाई एकै ठाउँमा ल्याउने भन्दै बिचार मिलेपछि संगठन बन्ने र संगठन निर्माणले देश निर्माण गर्ने बताए । उनले भने “ सबैलाई एकै ठाउँ हुन बिचार मिल्नुपर्छ,बिचार मिलेपछि संगठन निर्माण हुन्छ, संगठनले देश निर्माण गर्छ र पार्टी भन्दा माथी देश हुन्छ, देश निर्माणको लागि पार्टी निर्माण गर्न आवश्यक छ ।“
पार्टी निर्माणको लागि सबै जातजातिलाई एकीकृत गर्न आवश्यक रहेको भन्दै पार्टी बिचारको छानो रहेको पनि उल्लेख गरे । उनले उक्त छानोभित्र सबै अटाउन सक्नुपर्ने पनि बताए ।
वि.सं.२०८२ साउन १६ शुक्रवार २१:३७ मा प्रकाशित






























