back
CTIZAN AD

निक्षेप तथा कर्जा सुरक्षण कोषको लघु कर्जा अतिरिक्त सुरक्षण योजना प्रचलनमा

वि.सं.२०८२ साउन १९ सोमवार

3.4K 

shares

काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषले ऋणीको मृत्यु, अशक्ततता वा परीयोजना नष्ट भई बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित लघु कर्जामा हुन सक्ने नोक्सानीको क्षति विरुद्ध सुरक्षण प्रदान गर्ने उदेश्यले लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२ प्रचलनमा ल्याएको छ ।

भक्तपुरमा आयोजित एक कार्यक्रम बीच कोषले उक्त योजना सार्वजनिक गरेको हो । कार्यक्रममा ’क’ ’ख’ ’ग’ र ’घ’ वर्गका बैक तथा वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत एवं संस्थाका लघु कर्जा विभागका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कोषले घोषणा गरेको अतिरिक्त सुरक्षण योजनाले कोषको चालू सुरक्षण कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ सम्मको कर्जाको सुरक्षण गर्नेछ । योजनाले ऋणी तथा निजको पति पत्नीको मृत्यु, स्थायी अपाङ्गता वा परियोजनाको नष्ट हुँदा बाँकी कर्जाको शत प्रतिशत दाबी भुक्तानी दिने व्यवस्था गरेको छ ।

योजनाको सदस्यता प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाले नियमित सुरक्षण शुल्कमा ०.१५ प्रतिशत थप सुरक्षण शुल्क तिर्नु पर्नेछ । सुरक्षण योजनाको व्यवस्थाले लघु, साना तथा मझौला उद्यम व्यवसायका लागि प्रवाहित संस्थागत कर्जा शत प्रतिशत सुरक्षित भई कर्जाको सुरक्षणका लागि चल अचल सम्पत्तीको धितो लगायत अन्य सुरक्षण व्यवस्था गरिरहनु पर्ने झन्झट बैंक तथा वित्तीय संस्थाले लिनु नपर्ने अपेक्षा कोषले लिएको छ ।

वि.सं.२०८२ साउन १९ सोमवार ११:१४ मा प्रकाशित

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...