back
CTIZAN AD

राजनीति सेवाका लागि हो भन्ने भावना हुनुपर्छः कावा प्रधानमन्त्री सिंह

वि.सं.२०८२ साउन १९ सोमवार

465 

shares

गण्डकी । कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले राजनीति सेवाका लागि हो भन्ने भावना हुनु जरुरी रहेको बताएका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले राजनीतिक नेतृत्वले जनताको मन जित्न सक्नुपर्ने बताए ।

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गरेका सन्दर्भमा पार्टीका महाधिवेशन, महासमिति, पालिका आदिमा नेतृत्व चयनमा बुझेका र योगदान गर्नसक्ने व्यक्तिलाई छनोट गर्नुपर्ने उनकोे भनाइ छ ।

पार्टीबाट लिनेभन्दा पनि योगदान गर्नसक्ने व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने उल्लेख गर्दै उनले जिम्मेवारी र इमान्दारिता आत्मसात् गर्नसक्ने व्यक्तिलाई अवसर दिनुपर्ने आवश्यकता औल्याए ।

नेपाली कांग्रेस र नेकपा (एमाले)को वर्तमान गठबन्धन सरकार समय परिस्थितिले गठन भएको उल्लेख गर्दै उहाँले सरकारमा जानु भनेको जनताका एजेन्डा उठान गर्नका लागि भएको धारणा राखे ।

पार्र्टीलाई नियमसङ्गत ढङ्गले संस्थागत गर्नुपर्ने उल्लेख गर्दै उनले पार्टी बलियो भयो भने पार्टीका स्थापनाकालीन सपनालाई पूरा गर्न सहयोग पुग्ने बताए ।

हरेक प्रजातान्त्रिक आन्दोलनले हासिल गरेका उपलब्धिलाई संस्थागत गर्नु जरुरी भएको उनको भनाइ छ । हामीले परिवर्तनबाट प्राप्त गरेका अधिकारको मूल्य बिर्सन नहुने बताउँदै उनले मूल्यमान्यताको राजनीतिबाट विमुख बन्न नहुने बताए ।

नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीका ऐतिहासिक विरासतलाई विर्सदै जाँदा पार्टी सङ्गठन कमजोर बनिरहेको बताउनुुभयो । पछिल्लो समयमा भ्रष्टाचार बढिरहेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रणसँगै जनताको अपेक्षालाई सम्बोधन गर्ने ढङ्गबाट सरकार अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा पार्टीका केन्द्र, प्रदेश

वि.सं.२०८२ साउन १९ सोमवार १६:०९ मा प्रकाशित

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको...

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई...

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क...

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

सुरुङ्गा (झापा) । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४...

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक...