काठमाडौँ । लगातार तीन कारोबार पछि सेयर बजार बढेको छ । गत साताको बुधबारदेखि घटेको सेयर बजार सोमबार भने बढेको हो ।
आज नेप्से १६.४६ अंकले बढेर २८७५ अंकमा कायम भएको छ । बजार बढे पनि आज कारोबार रकममा भने कमी आएको छ । अघिल्लो दिन १३ अर्ब ७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८२ करोडको भयो । १४० कम्पनीको मूल्य बढ्दा ११० को घट्यो ।
आज नेप्सेका सबै उपसुचकपनि घटेको छन् । बैंकिङ्ग समूह १.६६ प्रतिशत, जलविद्युत समूह ०.२५, लगानी समूह ०.११,जीवन बिमा ०.५०, लधुवित्त समूह ०.६२, समूहिक लगनी समूह ०.०८, व्यापार समूह २.८९ ले बढेको छ । विकास बैंक ०.०६,फाईनान्स समूह ०.८२, होटल समूह ०.३४, उत्पादन समूह ०.१२, निर्जीबन बीमा समूह ०.५१,अन्य समूह ०.४५ घटेको छ । आज सबैभन्दा बढी व्यापार समूह बढेको हो ।
सिक्लेस हाइड्रोपावरको ५.७३ र स्वेतगंगा हाइड्रोपावरको ५.१२ बढ्यो भने ट्रेड टावर आज १० प्रतिशत घटेको छ । कारोबार भएको दिनदेखि सकारामत्क सर्किट लगाएको यस कम्पनीको मूल्यमा आज भने नकारात्मक सर्किट लागेके हो ।
.आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स आगाडी रहेको छ ।
वि.सं.२०८२ साउन १९ सोमवार १६:३७ मा प्रकाशित






























