back
CTIZAN AD

एनएमबि बैंकद्वारा गण्डकी प्रदेशको मानवसेवा आश्रममा सोलार सामग्री वितरण

वि.सं.२०८२ साउन २० मंगलवार

1.5K 

shares

काठमाडाैँ । एनएमबि  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तगगत गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई १,००० ललटरको सोलार साथै सोलार बत्तिहरु हस्तान्तरण गरेको छ ।

पोखरास्थित आश्रममा अायाेजित एक कार्यक्रमबिच उक्त सोलार सामग्री हस्तान्तरण गरिएको हो । प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्री विन्दुकुमार थापाले दीप प्रज्वलन गरी कार्यक्रमको उद्-घाटन गरे ।

एनएमबि बैंकका प्रमुख कार्यकारी गोविन्द घिमिरेले  कार्यक्रमकाे अध्यक्षाता गरेका थिए । बैंकका संस्थापक शेयरधनीहरू राजेन्द्र कुमार बाटाजु, प्रा. डा. हरि पाठक,  शालिकराम घिमिरे, विमल बहादुर  कुँवर र ओम कुमार मुल्मीको उपस्थिति रहेको थियाे । साेही अवसरमा मानवसेवा आश्रमका संस्थापक अध्यक्षा रामजी अथिकारीले मन्तव्य राखेका थिए ।

बैंकका तर्फबाट संस्थापक शेयरधनीहरू, प्रमुख कार्यकारी अथिकृत, बरिष्ठ कार्यकारी अथिकृत लगायतले एकमुष्ट रुपमा सोलार सामग्री हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, मानवसेवा आश्रमका
महासचिव सुशीला के. सी. (रूपा),  रिटेल तथा साना व्यवसाय प्रमखु गणेश पराजुली, बैंकका प्रदेश प्रमुख दुर्गाराम पुरी लगायत बैंकका कर्मचारी र मानव सेवा फाउण्डेसनका प्रतिनिधिहरूकाे उपस्थिति थियाे ।

बैंकले दिगो विकासलाई प्राथमिकता दिँदै  यस  वर्षकाे साउन महिनालाई  ग्रिन मन्थ (Green Month) को रूपमा मनाइरहेको छ । सोही अभियान अन्तर्गत दिगो विकासको एक हिस्साको रूपमा, याे संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम सम्पन्न भएको हो।

बैंकले यस्तै राम्रा कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ । यस बैंकका हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत  उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

वि.सं.२०८२ साउन २० मंगलवार ११:३८ मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । लामो समयदेखि विदेशमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति...