back
CTIZAN AD

बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघद्धारा मौद्रिक नीतिसम्बन्धी नलेज शेयरिङ्ग

वि.सं.२०८२ साउन २० मंगलवार

3.1K 

shares

काठमाडौं । बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ (बिफु) नेपालले मौद्रिक नीति २०८२÷०८३ सम्बन्धी नलेज शेयरिङ्ग कार्यक्रम सोमबार काठमाडौंमा आयोजना गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई मौद्रिक नीतिको सफल कार्यन्वयनका लागि सहयोग पुग्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल राष्ट बेैकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेलले स्रोत व्यक्तिको रुपमा सहजीकरण गरेका थिए । उनले मौदिक नीतिले लिएको उद्धेश्य, कार्यदिशा, प्राथमिकता, मुद्रस्फीति नियन्त्रण, मुद्राको आपूर्ती, विदेशी मुद्रा, कर्जाको गुणस्तर सुधार गर्ने, बैंक तथा वित्तीय संस्थाले खेल्नु पर्ने भूमिकाका बारेमा गहिरोसँग विश्लषणात्मक प्रस्तुती दिए । साथै उनले सहभागिहरुको जिज्ञासा समेत समाधान गरे ।

विफु नेपालका अध्यक्ष धर्मप्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पेसागत महासंघ नेपालका ईन्चार्ज रामेश्वर फुँयालको प्रमुख आतिथ्यता, विफु नेपालका उपाध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयले स्वागत मन्तब्य तथा उपमहासचिव पुरुषोत्तम आचार्यले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा पेसागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकाल, उपाध्यक्ष भोलाप्रसाद पोखरेल, विफुका ईन्चार्ज कमलप्रसाद पराजुली लगायत १५० भन्दा बढी सहभागीहरुको उपस्थिति रहेको थियो ।

 

वि.सं.२०८२ साउन २० मंगलवार ११:४५ मा प्रकाशित

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...