वसन्त अनुभव, दाङ
आऊ चितामा ढलाएर जाऊ
सलाई कोर जलाएर जाऊ
हरायो भोक तिमी गएदेखि
भएँ जड म, चलाएर जाऊ
जप्दाजप्दै तिम्रो नाम सायद
थलिए अझै थलाएर जाऊ
पोल अझै आरनमा मलाई
जति सक्दछौ गलाएर जाऊ
टुप्पो सुकिसक्यो मेरो बोटको
तिमी झपक्क पलाएर जाऊ !
आदि अनुप्रास : आएर
शेष अनुप्रास : जाऊ
अक्षर संख्या : ११
वि.सं.२०८२ साउन २४ शनिवार ०९:०४ मा प्रकाशित




























