back
CTIZAN AD

कविता : ज्येष्ठ जन

वि.सं.२०८२ साउन २४ शनिवार

2.3K 

shares

तारा विष्ट छन्दार्पण,दाङ हाल–मलाय

समस्या :अधिक पूजित हुन् अब ज्येष्ठ जन
वचनले मन खिन्न नहोस् कहिल्यै
हृदयमा खुब प्रेम भरौँ जहिल्यै
जनक ती जननी सबमा नमन
अधिक पूजित हुन् अब ज्येष्ठ जन ।१।

परम मित्र यिनै गुरु शिक्षक हुन्
वय छ वृद्ध युवा युवती सम छन्
विनय सादर पूर्ण गरौँ वचन
अधिक पूजित हुन् अब ज्येष्ठ जन ।२।

नगर तुच्छ कुरा मन चस्स हुने
गरल हुन्छ घृणा अति घात दिने
बुझ सबै यिनका मनका जलन
अधिक पूजित हुन् अब ज्येष्ठ जन ।३।

मन छ चञ्चल रम्द छ वृद्धवय
सुख दिऊँ उपहार निको समय
छल नहोस् मनले गरियोस् जतन
अधिक पूजित हुन् अब ज्येष्ठ जन ।४।

सकल मानव सेवक भक्त बनून्
पल सदा सुख सुन्दर साथ बितून्
भन त पुग्दछ आश्रम वृद्ध किन ?
अधिक पूजित हुन् अब ज्येष्ठ जन ।५।

छन्द : विजया
गण : न – भ – भ – भ – गु
सङ्केत :III – SIi – SII – SII – S

सङ्ख्या : १३ वर्ण
विश्राम : चार र सातमा

वि.सं.२०८२ साउन २४ शनिवार ०९:०२ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...