back
CTIZAN AD

कविता : अपराधका अनुहार हुन् सीमारेखाहरू

वि.सं.२०८२ साउन २४ शनिवार

2.1K 

shares

रसज्ञ छहरा,कावासोती–३ नवलपुर

हरेक
मानिसका
आ–आफ्ना
इच्छा
चाहना
भावना
विचार
मतमतान्तर हुन्छन्
एउटै
बाउआमाका
कोख
गर्भबाट जन्मिएका
छोराछोरी
दाजुभाइ
दिदीबहिनीहरूको
मत
विचार
फरकफरक छ
आफ्ना
मतविचार व्यक्त गर्दा
असन्तुष्ट हुन्छन्
र वैमनष्यता
रिसराग
इवीइष्र्या लिन्छन्
झैँझगडा
काटाकाट
मारामार गर्छन्
जिन्दगीभरि
एकआपसमा
बोलचाल गर्दैनन् भने
यहाँ
विभिन्न जातजाति
भाषाभाषी
रहनसहन
संस्कार
संस्कृति
धनीगरिब
सेतागोरा जाति
जातीय वर्ग
धर्मसंस्कारका बिच
हरपल
निरन्तर
विश्वमा
द्वन्द
झैँझगडा
अपराधिक
क्रियाकलाप बढिरहेकाछन्
मानव
मानव होइन
दानव बन्दै छन्
एक अङ्गुली
जग्गाका लागि जन्माउने
बाउआमा
दाजुभाइ
दिदीबहिनी त भन्दैनन्
मान्दैनन् भने
मीत त परै गयो
मीतको
बेलैसरि भन्छन्
लड्छन्
त्यसैले
आपराधिक
सीमारेखाहरू
एक पक्षले
अर्को पक्षलाई
समाप्त
या आफ्नो
वशमा नआउँदा
नल्याउँदासम्म
आपराधिक
क्रियाकलापहरू चलिरहन्छन्
अपराधका हुन् सीमारेखाहरू!
जो द्वन्द्व पक्षको
समाप्तिपछि मात्र
सीमारेखाहरू
समाप्त हुन्छन्
त्यसैले
अपराधका अनुहार हुन् सीमारेखाहरू ।
हान्यो कसैले तारो अचानक
घायल त्यसैले पा¥यो अचानक

देखेर इन्द्रेणी सब रमाए
खुल्दा गगन साउनको अचानक

फुल्दै थिए फूलहरू झपक्कै
भाँच्यो कसैले डालो अचानक

खाँचो छ नैतिकताको बडामा
फस्ला कि काहीँ सोझो अचानक

खुल्दै छ झुटको बाकस सदनमा
फस्ने छ पक्कै नाङ्गो अचानक

बहर : मुतकारिब मुसम्मन अशलम
अर्कान : फैलुन् , फऊलुन् , फैलुन् , फऊलुन्
वजन : २२ – १२२ – २२ – १२२
काफिया : ओ (एकाक्षरी)
रदिफ : अचानक
अभ्यास : परिश्रमी पाठशाला ।

वि.सं.२०८२ साउन २४ शनिवार ०८:५८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...