back
CTIZAN AD

गजल

वि.सं.२०८२ साउन २४ शनिवार

3.5K 

shares

डा. ठाकुर मोहन श्रेष्ठ,काठमाडौँ

हान्यो कसैले तारो अचानक
घायल त्यसैले पार्यो अचानक

देखेर इन्द्रेणी सब रमाए
खुल्दा गगन साउनको अचानक

फुल्दै थिए फूलहरू झपक्कै
भाँच्यो कसैले डालो अचानक

खाँचो छ नैतिकताको बडामा
फस्ला कि काहीँ सोझो अचानक

खुल्दै छ झुटको बाकस सदनमा
फस्ने छ पक्कै नाङ्गो अचानक

बहर : मुतकारिब मुसम्मन अशलम
अर्कान : फैलुन् , फऊलुन् , फैलुन् , फऊलुन्
वजन : २२ – १२२ – २२ – १२२
काफिया : ओ (एकाक्षरी)
रदिफ :अचानक
अभ्यास : परिश्रमी पाठशाला ।

वि.सं.२०८२ साउन २४ शनिवार ०८:५२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...