back
CTIZAN AD

अनशनरत व्यक्तिको जीवन रक्षा गरः मानवअधिकार आयोग

वि.सं.२०८२ साउन ३० शुक्रवार

639 

shares

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको महेन्द्रनगर, मदनचोकमा आमरण अनशनमा रहेका आरक्षपीडितको न्याय र जीवन रक्षाका लागि आग्रह गरेको छ ।

आयोगका सहसचिव डा टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ति जारी गरी आमरण अनशनरत सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकाया र रणबहादुर बमको जीवन रक्षा गर्न माग आग्रह गरेको हो । “स्वास्थ्य अवस्थालाई समेत ध्यानमा राखी निजहरूको मागका सम्बन्धमा यथाशीघ्र वार्ता गरी सहमतिकै माध्यमबाट अनशनरत व्यक्तिको जीवनरक्षा गर्न आयोग तीनै तहका सरकारलाई आग्रह गर्दछ”,विज्ञप्तिमा भनिएको छ,“यसका साथै आमरण अनशनलाई स्थगित गरी आफ्ना माग र अधिकारका सम्बन्धमा वार्ता, छलफल र कानुनी बाटो अवलम्बन गर्न अनशनरत पक्षलाई समेत आयोग आग्रह गर्दछ ।”

आरक्षपीडितलाई क्षतिपूर्तिको व्यवस्था, ढक्का र तारापुरलगायत क्षेत्रका जनताको बसोबासको व्यवस्था, आरक्षपीडितलाई द्वन्द्वपीडित घोषणा, निःशुल्क स्वास्थ्य र शिक्षालगायत माग राख्दै २०८२ साउन २२ गतेदेखि रोकाया र बम आमरण अनशनमा छन् ।

यस विषयमा आयोगमा ज्ञापनपत्रसमेत प्राप्त भएको र महेन्द्रनगरका साथै कञ्चनपुरकै वाणी र लालझाडीको ढक्का शिविरमा भइरहेका रिले अनशनको आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीबाट अनुगमनसमेत भएको जनाइएको छ ।

आमरणअनशनरत व्यक्ति ज्येष्ठ नागरिक रहेको र अनशन लम्बिँदै जाँदा निजहरूको स्वास्थ अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।

वि.सं.२०८२ साउन ३० शुक्रवार १५:२० मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...