back
CTIZAN AD

जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरुलाई कारबाहीको माग गर्दै पत्रकारहरूको धर्ना

वि.सं.२०८२ भदौ १ आइतवार

2.7K 

shares

जनकपुरधाम । जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरुलाई कारबाहीको माग गर्दै पत्रकारहरूले जनकपुरस्थित जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना दिएका छन्।

आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ लगायतका नारा लेखिएको प्लेकार्ड सहित पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि आइतबार बिहान ११ बजेदेखि धर्ना दिएका हुन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमै धर्ना बसेका हुन् ।

गुठी संस्थानबाट पत्रकार महासंघ मधेस प्रदेशले कानुनी प्रक्रिया पूरा गरि लिजमा लिएको ४ कठ्ठा जग्गा गत साउन २७ गते संरक्षण गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहित वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए ।त्यस क्रममा पत्रकार महासंघ प्रदेश अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए ।

घटनामा संलग्न पाँच वकिलविरुद्ध साउन २८ गते नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइए पनि अहिलेसम्म पक्राउ नभएको पत्रकार महासंघले जनाएको छ । यही कारण शनिबार बसेको पत्रकार भेलाले प्रहरी प्रशासनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

वि.सं.२०८२ भदौ १ आइतवार १५:२२ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...