back
CTIZAN AD

२७ अंकले बजार घट्दा सबै उपसुचक राताम्य

वि.सं.२०८२ भदौ १ आइतवार

1.5K 

shares

काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.१४ अंकले घटेर २७६१ अंकमा कायम हो ।

आज २ करोड ५ लाख १३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको हो । ५८ कम्पनीको मूल्य बढ्दा १९१ को घटेको छ ।

कम्पनी सूचीकृत सबै समूहका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै १.६४ प्रतिशत घट्यो । अन्य १.३४, निर्जीवन बीमा ०.६८, माइक्रोफाइनान्स १.३१, उत्पादन तथा प्रशोधन १.००, जीवन बीमा ०.७१, लगानी ०.८३, हाइड्रोपावर ०.७७, होटल तथा पर्यटन ०.२१, फाइनान्स ०.९३, विकास बैंक ०.५१ तथा बैंकिङ १.०३ प्रतिशत घटे ।

अपर स्याङ्गे हाइड्रोपावरको ६.२९, कालिका पावरको ५.९६ प्रतिशत मूल्य बढ्यो ।सम्पदा लघुवित्तको ७.०६, ट्रेड टावरको ५.८८  प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा पहिलो स्थानमा रहेको छ ।

वि.सं.२०८२ भदौ १ आइतवार १५:४५ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...