back
CTIZAN AD

एउटै रुखमा आमा छोरी मृत अवस्थामा फेला

वि.सं.२०८२ भदौ १ आइतवार

816 

shares

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा एक महिला आफ्नी १० महिने छोरीसहित मृत फेला परेकी छिन् । उनीहरू साउन २९ गतेदेखि बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार घोडाघोडी नगरपालिका–७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी छोरी अनुजा चौधरी घर नजिकैको गौरीशंकर सामुदायिक वनमा झुन्डिएको अवस्थामा आइतबार मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आमा र छोरी एउटै रूखमा फरक–फरक पासोमा झुन्डिएको अवस्थामा भेटिएका थिए । साउन २९ गतेदेखि छोरीसहित बेपत्ता भएकी आरतीको परिवारले प्रहरीमा खोजीका लागि निवेदन दिएको थियो । खोजी गर्ने क्रममा शनिबार उनीहरूको शव फेला परेको हो ।

प्रहरीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि टीकापुर अस्पतालमा पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

वि.सं.२०८२ भदौ १ आइतवार १६:४५ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...