back
CTIZAN AD

आई.एम.ई. लाइफ इन्स्योरेन्सले गर्यो वृहत रक्तदान

वि.सं.२०८२ भदौ २ सोमवार

3.2K 

shares

काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्सको आठौँ वार्षिक उत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रम काठमाडौं स्थित लैनचौरमा आयोजना गरिएको थियो ।

‘रक्तदान, जीवन दान भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्य, ग्राहक, अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी सयौं व्यक्तिले स्वेच्छिक रक्तदान गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले भने, ‘स्वास्थ्य, सेवा र सामाजिक उत्तरदायित्व हाम्रो व्यवसायको महत्वपूर्ण आधार हो । त्यसैलेपनि रक्तदान जस्तो जीवनरक्षक कार्य आफ्नो दयित्व सम्झेर गरेका हौँ ।’

नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूले कम्पनीसँगको दीर्घकालीन सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै रक्तदानजस्तो मानवीय कार्यले धेरै जीवनलाई नयाँ आशा दिने उल्लेख गरे ।

कम्पनीले आफ्नो वार्षिकोत्सव सप्ताहभित्र विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । जसमा स्वास्थ्य शिविर, बीमा सचेतना, प्रभातफेरी लगायतका कार्यक्रमहरू समावेश छन् ।

वि.सं.२०८२ भदौ २ सोमवार ११:४९ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...