back
CTIZAN AD

ब्रिटिस काउन्सिल नेपालद्धारा उत्कृष्ट आइइएलटीएस साझेदारलाई सम्मान, रोमाञ्चक अभियान शुभारम्भ

वि.सं.२०८२ भदौ २ सोमवार

1.8K 

shares

काठमाडौँ । ब्रिटिस काउन्सिल नेपालले गत साउन ३० गतेका दिन आइइएलटीएस सम्बन्धी साझेदार सम्मेलन (पार्टनर समिट)मा विशेष कार्यक्रम आयोजना गरेको छ ।

युवा नेपाली विद्यार्थी र पेशागत व्यवसायिक व्यक्तिलाई अन्र्तराष्ट्रिय शिक्षा र करिअर निर्माणको अवसरहरुमा पहुँच दिलाउन सञ्चालित संस्थाको काम र गतिविधिलाई उत्सवको रुपमा मनाउन आयोजित कार्यक्रममा आइइएलटीएस सम्बन्धी थुप्रै साझेदारलाई सहभागी गराइएको थियो ।

कार्यक्रमको सफल आयोजनाले ब्रिटिस काउन्सिल र आइइएलटीएस सम्बन्धी साझेदारबीचको बलियो सम्बन्धलाई प्रतिबिम्वित गरेको छ । साथै, विविध क्षेत्रबाट आएका नेपालीलाई अन्तराष्ट्रिय क्षमता र योग्यतासँग जोड्दै नेपालमा शैक्षिक अवसरहरु अभिवृद्धि गर्ने सामूहिक प्रतिवद्धतालाई अझ सबल बनाएको छ ।

कार्यक्रमका अवसरमा अप्रिल २०२४ देखि मार्च २०२५ सम्म आइइएलटीएसको जाँचमा असाधारण समर्पण र योगदान दिएका उत्कृष्ट साझेदारहरुलाई सम्मान गरिएको थियो ।

विभिन्न विधा (क्याटोगरी) मा गरी कूल २० वटा अवार्ड प्रदान गरिएको थियो । जसमध्ये उत्कृट कार्यसम्पादन गर्ने संस्था (प्लेटिनम पार्टनर) को रुपमा अर्बिट मेडिकल इन्ट्रान्स प्राइभेट लिमिटेड र उत्कृष्ट कार्यसम्पादन गर्ने संघको रुपमा इक्यानलाई सम्मान गरिएको थियो ।

ब्रिटिस काउन्सिल नेपालले आइइएलटीएसका व्यवसायिक साझेदारलाई सम्मान र पुरस्कृत गर्न ग्लोबल च्यानल पार्टनर अभियान शुभारम्भ गरेको छ । यस अभियानले आइइएलटीएसका लागि सबैभन्दा बढी संख्याका विद्यार्थी दर्ता गर्ने संस्थालाई मात्र नभई हरेक बर्ष क्रमशः उपलव्धि हासिल गर्दै जाने उत्कृष्ट संस्थाले समेत सम्मान र पुरस्कार जित्न सक्ने निष्पक्ष अवसर हरेकलाई प्रदान गर्ने लक्ष्य लिएको छ ।

उत्कृष्ट कार्यसम्पादन गर्ने साझेदारहरुलाई पूर्ण रुपमा आर्थिक सहायता प्रदान गरी संयुक्त अधिराज्यको लन्डनस्थित ब्रिटिस काउन्सिलको मुख्यालयमा आयोजित समापन समारोहमा सहभागी गराइनेछ र त्यसपछि संयुक्त अधिराज्यको शैक्षिक भ्रमणमा समेत संलग्न गरिनेछ ।

यसैबीच, ब्रिटिस काउन्सिल, टर्किस एयरलाइन्स, पठाओ र सफारीबीचको सहकार्यमा उपहार अभियानको तेस्रो संस्करण (थर्ड सिजन) शुभारम्भ भएको घोषणा गरेको छ । उक्त सहकार्य अनुसार टर्किस एयरलाइन्स आधिकारिक एयरलाइन्स साझेदार, पठाओ आधिकारिक यातायात साझेदार र सफारी आधिकारिक लगेज साझेदार भएका छन् । नयाँ सिजनमा आइइएलटीएस जाँच दिने विद्यार्थीहरुले जाँच भएको हरेक दिन, हरेक साता र हरेक महिनामा उपहार जित्न सक्नेछन् भने अन्तिममा बम्पर उपहारको समेत व्यवस्था गरिएको छ ।

पुरस्कारमा बेलायत, अमेरिका, अस्ट्रेलिया वा युरोपका लागि एकतर्फी हवाइ टिकट, एप्पलको म्याकबुक एयर, सफारीको विशेष सुटकेश, पठाओको राइडमा छुट र रेस्टुरेन्ट भौचर समावेश गरिएका छन् । बम्पर उपहारमा टर्किस एयरलाइन्सको तर्फबाट विभिन्न गन्तव्यमा गरी ४ वटा एकतर्फी हवाइ टिकट (तीन वटा–बेलायत, अमेरिका वा युरोपका लागि तथा एउटा टिकट टर्किस एयरलाइन्स बाहेक अन्य एयरलाइन्सबाट अस्ट्रेलिया जान) प्रदान गरिनेछ । त्यस्तै, पठाओको तर्फबाट आइइएलटीएस जाँचको दिनमा ३० प्रतिशत (५० रुपैयाँसम्म) छुट र लक्की ड्रका विजेतालाई निश्चित रेस्टुरेन्टमा ३० प्रतिशत छुटसहितको फुड भौचर प्रदान गरिनेछ, साथै सफारीको तर्फबाट उच्च गुणस्तरिय सुटकेश उपलव्ध हुनेछ ।

वि.सं.२०८२ भदौ २ सोमवार १२:१५ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...