back
CTIZAN AD

इतिहासमै पहिलो पटक उड्ने कार प्रदर्शनमा

वि.सं.२०८२ भदौ ४ बुधवार

1.5K 

shares

काठमाडाैँ । यस वर्षको नाडा अटो शो फरक र विशेष छ किनकि यहाँ इतिहासमै पहिलो पटक फ्लाइङ कार डीपल eVTOL प्रदर्शनमा राखिएकाे छ ।  नाडा अटो शो नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल मेला हो, जहाँ हरेक वर्ष नयाँ नयाँ इनोभेटिभ आइडिया, प्रविधि र उत्पादनहरू सार्वजनिक गरिन्छ। एमएडब्लु वृद्धि ग्रुप नेपालमा विश्वस्तरीय ब्रान्डहरू ल्याउने र उत्कृष्ट सवारी अनुभव दिने कम्पनीका रूपमा परिचित छ र नाडा अटो शोमा सहभागिताले नेपालको भविष्यको यातायातलाई आधुनिक र अग्रगामी बनाउने कम्पनीको दृष्टिकोण अझ स्पष्ट भएको छ।

यो वर्ष एमएडब्लू वृद्धि ग्रुप आफ्नो यस दृष्टिकोणलाई अझ माथिल्लो स्तरमा पुर्‍याउन तयार छ। मंगलबार नाडा अटो शो २०२५ को पहिलो दिनमा नै एक ऐतिहासिक अनावरण सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरियाले संयुक्त रुपमा फ्लाइङ कारका नामले लोकप्रिय डीपल eVTOL अनावरण गर्नुभयो। यस अवसरमा अध्यक्ष अग्रवालले भने, “नेपालमा भविष्यको यातायात ल्याउने दिशामा यो ठूलो उपलब्धि हो।” त्यस्तै प्रबन्ध निर्देशक सिकरियाले थपे, “नेपालको यातायात प्रणालीलाई नयाँ परिभाषा दिन सक्ने यस प्रविधि ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ।”

डीपल eVTOL साधारण ‘नयाँ गाडी’ मात्र होइन। फ्लाइङ कार बनाउनका लागि डीपल निर्माण गर्ने कम्पनी चांगान अटोमोबाइल र EHang ले सहकार्य गरेर व्यक्तिगत यातायातको लागि नयाँ र आधुनिक उपाय ल्याएका हुन्।

डीपल चांगान अटोमोबाइलको नयाँ इनर्जी सब-ब्रान्ड हो, जुन चीनका सबैभन्दा ठूला अटोमोबाइल निर्माता कम्पनीमध्ये एक हो। त्यस्तै EHang भने विश्वकै अगुवा अटोनोमस हवाई सवारी निर्माता हो जुन कम्पनीले पहिलोपटक व्यवसायिक रूपमा नै पाइलटविहिन यात्रु बोक्ने eVTOL उपलब्ध गराएको थियो।  यी दुवै कम्पनीको साझा उद्देश्य भनेको EHang को अटोनोमस उडान प्रविधिमा आधारित नयाँ पुस्ताका eVTOL विकास गर्ने, उत्पादन गर्ने र बजारमा ल्याउने हो।

दुवै कम्पनीको लक्ष्य हवाई यातायातलाई केवल विलासिता मात्र नबनाई फ्लाइङ कारलाई सुरक्षित, वातावरणमैत्री र सजिलो बनाउँदै सर्वसाधारणको लागि पनि प्रयोगयोग्य बनाउने र यसलाई सबैका लागि पहुँचयोग्य गराउने हो। नाडा अटो शो २०२५ मा देखाइएको डीपल eVTOL उनीहरूको यही सहकार्यको प्रत्यक्ष परिणाम हो।

त्यस बाहेक, चांगानले सन् २०३० सम्ममा अन्य आधुनिक यातायात सोलुसन्स विकास गर्न २.७६ अर्ब अमेरिकी
डलरभन्दा बढी लगानी गर्ने योजना बनाएको छ।

वि.सं.२०८२ भदौ ४ बुधवार ११:४५ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

प्रधानमन्त्री बालेन शाहद्वारा खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यको विवरण सार्वजनिक

प्रधानमन्त्री बालेन शाहद्वारा खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यको विवरण सार्वजनिक

काठमाडौं, भदौ १४ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...