back
CTIZAN AD

बित्तिय क्षेत्रबाट ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, वाह्य क्षेत्रमा लगानी सुस्त

वि.सं.२०८२ भदौ ४ बुधवार

1.6K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय संस्थाहरुबाट तीस अर्ब रुपैंयाँ आफूमा खिच्न लागेको छ । बुधबार राष्ट्रबैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने सूचना जारी जारी गर्दै यस्तो बताएको हो । चालु आर्थिक वर्षमा राष्ट्र बैंकको यो नवौं पटकको निक्षेप संकलन उपकरणको प्रयोग हो ।

बैंकहरुमा अधिक तरलता थुप्रिएपछि त्यसको व्यवस्थापन गर्न राष्ट्र बैंकले बैंक तथा बित्तिय संस्थाहरुसँग निक्षेप संकलन उपकरणको प्रयोग गरि तरलता व्यसस्थापन गर्ने गरेको छ ।

गत आर्थिक वर्षमा ८० पटकभन्दा बढी यो उपकरणको प्रयोग गरेको राष्ट्र बंैंकले चालु आर्थिक वर्षको एक महिना र केहि दिनमानै नौ पटक यो उपकरणमार्फत निक्षेप संकलन गरिसकेको छ ।

बाह्य क्षेत्रमा बैंकहरुको लगानी सुस्त, राष्ट्र बैंकमा सस्तैमा जम्मा गर्छन् पैसा

अहिले बैंकहरुको औषत व्याजदर ६ प्रतिशतको हाराहारिमा छ । त्यसमा कम्तीमा २ प्रतिशत प्रिमियम जोडेर बैंकहरुले व्याजदर निर्धारण गर्ने गरेका छन् । तर, बैंकहरु भने राष्ट्र बैंकमा सस्तै ब्याजदरमा निक्षेप जम्मा गरिरहेका छन् । चालु आर्थिक वर्षको करिब एक महिनाको अवधिमा बैंकहरुले २.५१ प्रतिशत देखि २.७५ प्रतिशत व्याजदरमा नै खर्बौं नगद जम्मा गरिसकेका छन् ।

हाल नेपालमा १ सय ४६ बैंक तथा बित्तिय संस्थाहरु सञ्चालमा छन् । जसलाई नेपाल राष्ट्र बैंकले प्रत्यक्ष सुपरिवेक्षण र निर्देशन गर्छ ।

वि.सं.२०८२ भदौ ४ बुधवार १६:५१ मा प्रकाशित

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...