back
CTIZAN AD

राजनीति मुक्त गर्नुपर्ने पहिलो समूहः शिक्षक कि निजामती कर्मचारी ?

वि.सं.२०८२ भदौ ६ शुक्रवार

3.5K 

shares

नेपालमा पछिल्ला वर्षहरूमा राज्यको सेवा प्रवाह र प्रणालीमा ‘राजनीतिक हस्तक्षेप’ एक गम्भीर चुनौतीका रूपमा देखिएको छ । राजनीति र राज्य संयन्त्रको दोहोरो सम्बन्धले कहिले ‘प्रेरणा’ दिएको छ भने कहिले ‘विकृति’ पनि । अब बहसको मूल विषय स्पष्ट हुन जरुरी छ– राजनीतिक दलका भ्रातृ संगठनबाट पहिले छुट्याइनुपर्ने समूह शिक्षक हुन् कि निजामती कर्मचारी ?

शिक्षा मन्त्रालय अन्तर्गतको संरचना मुलुककै सबैभन्दा ठूलो सरकारी संयन्त्र हो, जुन गाउँगाउँसम्म विस्तार भएको छ । यसमा कार्यरत शिक्षकहरू समाजसँग प्रत्यक्ष गाँसिएका, आफ्नै जन्मभूमिमा सेवा दिने नागरिक हुन् । उनीहरूको सामाजिक चेतना, नीतिप्रति दृष्टिकोण र जिम्मेवारीबोध, सामान्य कर्मचारीभन्दा पृथक देखिन्छ ।

शिक्षकको राजनीतिक सरोकार बहसयोग्य हुन सक्छ । तर, तिनीहरूको राजनीति समाजमा नेतृत्व, चेतना र सुधारका रूपमा देखिन सक्छ । उनीहरू समाजका चिन्तक र मार्गदर्शक हुन्–यस दृष्टिले शिक्षकको राजनीति ‘सामाजिक राजनीति’ हो, जसले नीति निर्माणमा प्रत्यक्ष प्रभाव नपारे पनि समाज सुधारको भूमिका निर्वाह गर्छ ।

तर, निजामती कर्मचारीको राजनीति भने यथार्थमा राज्यको नीति, सेवा, न्याय, र शुद्ध प्रशासनमै हस्तक्षेप गर्ने प्रकारको देखिएको छ । पछिल्ला ठूला प्रकरणहरू—चाहे भुटानी शरणार्थी घोटाला होस् वा कूलिन पिरियड प्रकरण, यी सबैमा राजनीतिक पहुँच बोकेका निजामती कर्मचारीको संलग्नता स्पष्ट देखिन्छ ।

राजनीतिक पार्टीका भ्रातृ संगठन, गुट र सेटिङको खेलले गर्दा कर्मचारीतन्त्र सेवाभन्दा सञ्जालको भरमा चल्ने प्रवृत्तितर्फ उन्मुख भएको छ । यस्तो बेलामा शिक्षकमाथि राजनीति नगर्न दवाब दिनु भन्दा पहिले प्रशासनमै रहेको सत्ता र सेटिङको गठजोड तोड्नुपर्छ ।

शिक्षकको राजनीति राज्यलाई नीति बनाउने तहमा असर नगर्ने भए पनि, कर्मचारीको राजनीति नीति कार्यान्वयन, निगरानी, र सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्छ। यी दुईबीचको भिन्नता आकाश–पातालको छ ।

यस अर्थमा, अबको बहस शिक्षकको राजनीति होइन, निजामती कर्मचारीको राजनीति कति खतरनाक बनिरहेको छ भन्नेमा केन्द्रित हुनुपर्छ । शिक्षा क्षेत्रमा सुधार चाहिन्छ भने, पहिले कर्मचारीतन्त्रलाई राजनीतिक शृङ्खलाबाट मुक्त गर्नुपर्छ । अनि मात्र शिक्षकको जिम्मेवारीबारे दाबी गर्न सकिन्छ । (लेखक हुमन तिवारी पुर्व शिक्षक हुन् । विहादी गाउपालिका–६, चर्काङ्ग, पर्वत घर भएका उनी हाल जापान छन्)

 

वि.सं.२०८२ भदौ ६ शुक्रवार १६:३० मा प्रकाशित

पशुपालन व्यवसायमा उत्पादन लागत घटाउने रणनीति

पशुपालन व्यवसायमा उत्पादन लागत घटाउने रणनीति

पृष्ठभूमि तथा हाम्रो परिवेश नेपाल एक ऐतिहासिक रूपमा कृषि तथा...

महाविनाशकारी भोटेकोशी बाढीको भूराजनीतिक पाटो

महाविनाशकारी भोटेकोशी बाढीको भूराजनीतिक पाटो

नेपाल र चीनबीचको भोटेकोशी बाढीको भूराजनीति एउटा अत्यन्तै संवेदनशील, समसामयिक...

नेपालको प्राकृतिक विपद् र अगस्ट २६ को राष्ट्रिय विपत्ति

नेपालको प्राकृतिक विपद् र अगस्ट २६ को राष्ट्रिय विपत्ति

नेपाल फेरि एकपटक गम्भीर राष्ट्रिय विपत्तिको सामना गरिरहेको छ। २६...

जनैको चमत्कार र रक्षाबन्धनको रक्षा

जनैको चमत्कार र रक्षाबन्धनको रक्षा

म हिन्दू हुँ म पनि शेरबहादुर देउवा जस्तै हिन्दू हुँ।...

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

आजको विश्व राजनीति एक जटिल संक्रमणकालमा छ, जहाँ अमेरिकाको एकाधिकार...

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

 हेलेजको परिचय, महत्त्व तथा नेपालमा नयाँ प्रविधि हेलेज (Haylage) भन्नाले...