back
CTIZAN AD

तीजले महिलाका हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्छः उपसभामुख

वि.सं.२०८२ भदौ १० मंगलवार

633 

shares

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले तीज पर्वले लैङ्गिक समानता र महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

हरितालिका तीजका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दै उनले भनिन्, “हरितालिका तीजले नेपाली महिलालाई सशक्तीकरणको दिशामा अघि बढ्न तथा समाजमा विद्यमान लैङ्गिक विभेद, जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्यका लागि सन्देश दिन्छ ।”

भाद्र शुक्ल तृतीयाको दिन हिन्दू महिलाहरूले यस दिनलाई उत्सवका रुपमा मनाउने चलन छ । सांस्कृतिक र धार्मिक पर्वका रुपमा हरितालिका तीजको नेपाली समाजमा महत्वपूर्ण स्थान छ । पर्वमा महिलाले भगवान् शिव–पार्वतीको पूजाआराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्वास छ ।

शुभकामना सन्देशमा भनिएको छ, “यस्ता सांस्कृतिक पर्वले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका हुन्छन् ।”

वि.सं.२०८२ भदौ १० मंगलवार ०८:२० मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...