काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको मूल्य फेरि बढाएको छ । सङ्घ कार्यकारिणी समितिको बैठकले गरेको निर्णयअनुसार बिहीबाबाट लागू हुनेगरी अण्डाको मूल्य बढाइएको हो ।
अब फार्मबाट होलसेल मूल्य प्रति क्रेट ठुलो अण्डा पाँच सय ४५ रुपैयाँ, मिडियम अण्डा पाँच सय ३० रुपैयाँ प्रति क्रेट र सानो अण्डा तीन हजार रुपैयाँ प्रति पेटी तोकिएको हो ।
उपभोक्ताका लागि अण्डाको नयाँ मूल्य प्रति गोटा २३ रुपैयाँ २ गोटाको ४५ रुपैयाँ तोकिएको छ ।
वि.सं.२०८२ भदौ ११ बुधवार १३:५० मा प्रकाशित






























