back
CTIZAN AD

विराट शिक्षण अस्पतालमा सेवा विस्तार

वि.सं.२०८२ भदौ ११ बुधवार

2K 

shares

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज एवं शिक्षण अस्पतालले पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण स्थान हासिल गरेसँगै आफ्ना सेवा विस्तार गरेको छ । अस्पतालले हालैमात्र स्त्री तथा प्रसूति सेवाका लागि दुई सय श्ययाको अत्याधुनिक भवन सञ्चालनमा ल्याएर सेवा विस्तार गरेको हो ।

मुलुकको अत्याधुनिक ल्याप्रोस्कोपिक (दुरविनको माध्यमबाट पेट नचिरिकन सानो सानो प्वाल बनाएर गरिने शल्यक्रिया) स्त्री तथा प्रसूति केन्द्रका रूपमा रहेको यस अस्पतालमा ‘अप्रेसन थिएटर’को सङ्ख्या २४ पुगेको छ ।

यसअघि विभिन्न शल्यक्रियाका लागि १९ वटा अप्रेसन थिएटर सञ्चालनमा रहेका अस्पतालका अध्यक्ष एवं प्रा डा ज्ञानेन्द्र मानसिंह कार्कीले जानकारी दिए । उनका अनुसार थप सेवा विस्तारसँगै स्त्री तथा प्रसूति सेवाका लागि पाँच वटा अत्याधुनिक शल्यक्रिया कक्ष, दुई सय श्यया क्षमताको वार्ड, ३० श्ययाको डिलक्स क्याबिन, छुट्टै गाइनो आइसियुलगायत विशिष्ट सुविधा थप गरिएको छ ।
सेवा विस्तार भएसँगै कोशी प्रदेश र आसपासका क्षेत्रका महिलाहरूका लागि गुणस्तरीय र सहज स्वास्थ्य सेवामा पहुँच बढाउने अपेक्षा गरिएको छ । सन् २०१४ मा स्थापना भएको विराट मेडिकल कलेज एवं शिक्षण अस्पताल छोटो समयमा प्रदेशको अग्रणी स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको छ ।

स्त्री तथा प्रसूतिजस्तो संवेदनशील सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन सम्पूर्ण अस्पताल समर्पित रहेको बताउँदै प्राडा कार्कीले भवन र अत्याधुनिक उपकरणसहितको सेवा विस्तारले गुणस्तरीय स्वास्थ्य उपचार उपलब्ध गराउने विश्वास व्यक्त गरे । उनले यस कदमले महिला बिरामीहरूलाई अझै उत्कृष्ट र सुरक्षित उपचार प्रदान गर्न मद्दत पुग्ने बताए ।

“अस्पतालमा एक सय श्यया क्षमताको इमर्जेन्सी विभाग सञ्चालनमा छ, जसमा स्त्री तथा प्रसूति आपत्कालीन सेवा पनि समावेश छ । यसका साथै, अस्पताल नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपिक स्त्री तथा प्रसूति केन्द्रका रूपमा पनि परिचित छ । हाल अस्पतालमा २० जनाभन्दा बढी विशेषज्ञ स्त्री रोग तथा प्रसूति चिकित्सकको टोलीले सेवा प्रदान गर्दै आएका छन्, जसले बिरामीलाई २४ सैँ घण्टा विशेषज्ञ सेवा सुनिश्चित गरेको छ”, कार्कीले भने ।

अस्पतालका अध्यक्ष प्रा डा कार्कीले सरकारले लामो समयपछि मेडिकल कलेजहरूमा एमबिबीएस कोटा बढाउने निर्णय गरेर स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश दिएकामा खुसी व्यक्त गरे ।

उनले यसलाई १० वर्षपछिको ‘आइस ब्रेक’ को संज्ञा दिँदै भने, “निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी र पूर्वाधार निर्माण गरेर फड्को मारेका छन् । राज्यले १० वर्षअघि गर्नुपर्ने कोटा वृद्धिको निर्णय अहिले गरेको छ, यो अत्यन्तै स्वागतयोग्य पक्ष हो । यस निर्णयले देशमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा मद्दत पुग्नेछ ।”

अस्पतालले बिरामीका आफन्त, चिकित्सक र कर्मचारीहरूको सुविधालाई ध्यानमा राख्दै आधुनिक र सुविधा सम्पन्न ‘विराट क्याफे’ पनि सञ्चालनमा ल्याएको छ । अस्पताल भवनको तल्लो तलामा सञ्चालित यो क्याफेटेरियाले सबैलाई सहज र स्वच्छ खाजा तथा खानाको सुविधा प्रदान गरिरहेको छ ।

वि.सं.२०८२ भदौ ११ बुधवार १७:१० मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...