back
CTIZAN AD

महिनावारी बेलामा छोएको पाप केबल हिन्दु महिलालाई मात्र किन लाग्ने होला ?

वि.सं.२०८२ भदौ ११ बुधवार

4.4K 

shares

महिलाहरू विचार गर्नुस् त : रजस्वला भएर तपाईंले कुनै पवित्र वस्तुलाई छुनुभयो भने तपाईंहरू पापको भागीदार ठहरिनुहुन्छ ।

यदि रजस्वला भएकी स्त्रीले छोएको कुराले नै महिलाहरू पापी हुने भएको भए त सम्पूर्ण मानव जातिको अस्तित्व नै पापमय भयो भन्ने मान्न सकिन्छ । किनभने गर्भ रहँदा त्यही रज रोकिन जान्छ र भ्रूण आमाको पाठेघरभित्र बढ्दै जान्छ । त्यही रजबाट बनेको बच्चा कसरी पवित्र भयो होला त ?

१४ वर्ष वनबास बस्दा सीताले ऋषि पंचमीको वर्त लिएर ‘पाप’ पखालेको कथा कतै पढिएको छैन । न त द्रोपदीले १२ वर्ष वनबास एक वर्ष गुप्तवास बस्दा ‘छुइ’ भएर बसेको र पाण्डवहरुले उनलाई भिन्दै कोठामा राखेका कथा सुनिन्छ । त्यो बेलामा कि उनीहरुले कुनै औषधि खाएर महिनावारी सुकाएका थिए ?

पञ्चमीको व्रतका नाममा नारीहरूको अपमानका साथै यी पर्वको व्यापारीकरण भइरहेको छ , महिला मौन छन् । अपमानित र व्यापारीकरण भएको उनीहरूलाई पत्तै छैन ।

यो प्रश्न मैले आफुलाई शायद १२ वर्षको उमेरमा गरेकि थिएँ कि क्या हो । मैले कहिले महिनावारीलाई पापको रुपमा हेरिन र नजानेर एउटा क्रान्ति नै गरेकी थिएं ।

१२ वर्षको उमेरमा मपहिलो चोटी महिनावारी हुदाँ, भोलिपल्ट घटस्थापना थियो । यदि मैले आफुले महिनावारी भएको कुरालाई जानकारी दिए भने आमाले १२ दिन सम्म अध्याँरो कोठामा राखिदिनु हुनेछ, अनि मेरो दशैंमा मीठो खाने,नयाँ लुगा लगाउने, दक्षिण पाएर अनेक थरिका चिज किन्ने तास खेल्ने, चंगा उडउने सबै कुरा हराँउछन भन्ने डरले मैले भन्दै भनिन । त्यो बेलाको महिनबारिमा मैले मन्दिर् गएको, श्राद्धमा भाग लिएको पाप पखाल्न ऋषिपंचमीको वर्त मैले कति जन्मसम्म बस्ने पर्ने हो मलाई कुन धर्मगुरुले भनिदिनुहोला होला ।

यदि साँची नै रजस्वला हुदाँ भगवानको मन्दिर छोएर रोग लाग्ने भए त मलाई कति धेरै रोग लागि सक्थ्योे होला ? एक् धर्मगुरुले मलाई भनेका थिए “रजस्वला हुँदाखेरि जुन रगत जान्छ त्यसमा कीटाणु हुन्छन् रे, दूषित कीटाणुका कारण नै मन्दिर र भान्साको प्रवेशमा पनि रोक लगाइएको हो । शास्त्रमा लेखिएको कुरा साँचो हुन्छ । “

कसले गुरुलाई यस्तो पाठ पढायो ? यदि दुषित किटाणु रजस्वलाको रगतमा हुन्छ ? भने त्यही रजबाट सृजित पण्डित जी पनि दुषित हुने हो कि ?

हिन्दु संस्कृतीभित्र महिलाको पाप पखाल्न ऋषिपंचमीको ब्रत लिन लगाउने पण्डितजीले पुरुषको पाप पखाल्न के वर्त लिने सल्लाह दिन्छन होला ?

“महिलाहरुको महिनावारी हुनु भनेको पाप हो र यो बेलामा महिलाले कुनै वस्तुलाई छोएको पाप पखाल्न पचंमीको बर्तबस्नुपर्छ” भनेर सानै देखि सिकाइएकोले होला हिन्दु महिलाहरु पण्डितजीको भयको कारणले थर थरकाँप्दै पचंमको वर्त बस्छन । फेरी कस्तो अचम्म छ महिनावारी बेलामा छोएको पाप केबल हिन्दु महिलालाई मात्र किन लाग्ने होला ?

अन्य धर्मका महिलाहरुको रगत र् शरीर नै भिन्दै थरिको हुन्छ कि के हो ? हिन्दु महिलालाई रजस्वला हुदाँ छोएको पाप पखाल्नु पर्ने तर मुस्लिम, क्रिश्चियनलाई महिलालाई नपर्ने ? नेपालका पनि विभिन्न जात जस्तो तामाङ, गुरुङ र्शेपा, मगर माझी समुदायका महिलाहरुको रजस्वला हुँदा चाँही पाप नलाग्ने ? उनीहरुले ऋषीपंचमीको वर्त बस्न नपर्ने ?

भारतकाे आसामको कामख्या मन्दिर कि देवि पनि असारमा रजस्वला हुन्छिन भनेर मान्यता छ । त्यो बेलामा उनले प्रयोग गरेको कपडा चाँही अति शुभ मानेर भक्तजनले लैजान्छन रे । कामाख्यादेवि नै महिनावारी हुदाँचाँही पण्डितजीको भनाइ अनुसार मन्दिर अपवित्र भएन त भनेर प्रश्न गर्ने बेलामा भएन र ?

यस्तो प्रश्न पण्डितजीलाईकसले गर्ला रु क्रषि पञ्चमीममा वर्त बसेर शहरका महिलाले पाप पखाल्नु पर्छ भन्नु र महिनावारी हुदा महिलाहरु छाउगोठ, बस्नुपर्छ भने मानसिकता एउटै हो ?

वि.सं.२०८२ भदौ ११ बुधवार २०:२२ मा प्रकाशित

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...