back
CTIZAN AD

मकैबारी अनुगमन गर्न किसानले मन्त्री बोलाएपछि…

वि.सं.२०८२ भदौ १६ सोमवार

2.6K 

shares

कर्णाली । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह खेतबारीमै पुगरे मकैबालीको अनुगमन गरेका छन् । किसानले रोग र कीराले मकैबाली नष्ट गरेको गुनासो गरेपछि गरेपछि उनले अनुगमन थालेका हुन्।

दैलेखेको गुराँस गाउँपालिका–४ साल्तडाका किसानले मकैमा रोग लागेको जनाउँदै फोन गरेका थिए । किसानले फोन गरेको २४ घण्टाभित्रै मन्त्री शाह आइतबार कृषि विज्ञसहितको टोली लिएर किसानको खेतबारीमा रोगको पहिचानका लागि अनुगमन गर्न पुगेका हुन् ।

अनुगमनपछि मन्त्री शाहले दैलेखको साल्तडा कृषि उत्पादनको लागि सम्भाव्य क्षेत्र भएको जनाउँदै भने, ‘मन्त्रालयलाई जानकारी हुने वित्तिकै बारीमा प्राविधिकहरुको साथमा सरकार उपस्थित भएर किसानका समस्या समाधानका निम्ति अनुगमन गरेका छौँ । सबै सरकारले गरी दिओस् भन्ने मनोविज्ञान नराखी सबैले आफ्नो कर्तव्य अनुरुपका काम किसानले गर्नुपर्छ । सरकारले हुनेसम्मको सहयोग गर्छ नै ।’

प्रदेश सरकारले कर्णालीलाई अर्गानिक प्रदेशको रुपमा विकास गर्न लागि रहेकाले रासायनिक मलको प्रयोगको कारण माटोको उर्बरा शक्ति ह्रास हुनुको साथै अम्लियपना वृद्धि भएर माटोले उत्पादन दिन नसक्ने अवस्थामा भएको उनले उल्लेख गरे ।

मन्त्री शाहसँगै स्थल अनुगमनमा पुगेका एकीकृत कृषि प्रयोगशाला सुर्खेतका बाली विकास अधिकृत यामबहादुर रानाले मकैमा जटिल प्रकारको रोग देखिएको बताए । उनले मकैमा थेग्ले, घोगा र काण्डमा कुइने रोग देखिनुका साथै खाद्य तत्वको कमी भएको जनाए ।

उनले रोगको उपचार गर्नका लागि आवश्यक प्रयत्न गरिनुका साथै कृषकले खेती गर्दा अबका दिनमा बाली चक्र प्रणाली अपनाउँदै रोग सहन सक्ने क्षमता भएका जातका बाली लगाएर खेतबारी सरसफाइ गर्ने र प्रयाप्त सिँचाइ व्यवस्था गरी खेती प्रणाली परिवर्तन गर्ने गरेमा रोगबाट बच्न सकिने सुझाव दिए ।

किसान तेजबहादुर शाहीले आठ हेक्टरभन्दा बढी क्षेत्रफल रहेको साल्तडामा पाँच हेक्टरमा मकै, आँप र केराको खेती गरिएको बताउँदै सो क्षेत्रफलमा लगाइएको मकैमा रोग लागेर सखाप पारेको जानकारी दिए ।

साल्तडामा मकैको बीउ उत्पादनका लागि पाँच हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैमा रोग देखिएपछि किसान चिन्तित बनेको उनले बताए ।

वार्षिक आठ टनभन्दा बढी मकैको बीउ उत्पादन हुने क्षेत्रमा गत र यसवर्ष रोग कीरा लागेर ५० प्रतिशत बढी बाली नष्ट भएको किसान शाहीले जनाए । अनुगमनमा पुगेका मन्त्रीलाई किसानले उक्त समस्या समाधानका निम्ति मागपत्र दिएका थिए । मागपत्र ग्रहण गर्दै मन्त्री शाहले प्रदेश सरकारले साल्तडा सिँचाइका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको र मागपत्रमा भएका विषयहरुलाई आवश्यकताका आधारमा सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

वि.सं.२०८२ भदौ १६ सोमवार १०:४५ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...