back
CTIZAN AD

बेपत्ता परिवारका सदस्य भन्छन् : अझै आशा मरेको छैन

वि.सं.२०८२ भदौ १६ सोमवार

2.5K 

shares

तुलसीपुर (दाङ) । यहाँको दाङ दङ्गीशरण गाउँपालिका–३ चितानपुर निवासी हरिराम चौधरी विसं २०५९ देखि बेपत्ता भए । मल लिन तुलसीपुर जाने भनी हिडे चौधरी बेपत्ता भए पनि परिवारको आश भने अझै मरेको छैन । “अझै पनि आउनुहुन्छ, की भन्ने लाग्छ”, भाई सीताराम चौधरीले भने, “आश अझै मरेको छैन ।”

त्यस्तै आशामा छन्, तुलसीपुर उपमहानगरपालिका–११ निवासी लक्ष्मी चौधरी पनि । उनको श्रीमान् खोपीराम चौधरी विसं २०५९ मा बेपत्ता भए । त्यसपछि अहिलेसम्म कुनै पत्ता लाग्न सकेको छैन । “न त सास छ, न त शव नै भेटियो”, उनले भने, “अझै पनि आउनुहुन्छ की भन्ने लाग्छ ।”

सरकारले यथार्थ पत्ता नलगाइदिँदा अझै घाउमा मल्हम लाग्न नसकेको उनको भनाइ छ । पटकपटक अन्तरक्रिया कार्यक्रम हुने, अवस्था बुझ्न आउने गरे पनि वास्तविक अवस्था पत्ता लाग्न नसकेको उनको दुःखेसो छ ।

घोराही उपमहानगरपालिका–१७ निवासी बिपीन आचार्यका बुवा थानेश्वर आचार्य विसं २०५९ मा बेपत्ता भए । उनी बेपत्ता भएपछि अहिले घरमा अंशवण्डा नै प्रभावित भएको छ । “बुवा बेपत्ता हुनुहुन्छ, उहाँको मृत्यु दर्ता नहुँदा अंशवण्डा गर्न सकिएको छैन”, उनले भने, “बुवाहरुकै अंशवण्डा छैन ।”

उनीहरु जस्तै अझै धेरै बेपत्ता परिवारहरु ती बेपत्ता भएका परिवारका सदस्यको बारेमा कुनै जानकारी नहुँदा पीडित छन् । घरकै मुली मान्छे बेपत्ता हुँदा घर चलाउन समस्या हुने गरेको छ । द्वन्द्व पीडित सञ्जाल दाङका अध्यक्ष प्रकाश चौधरीले युद्धको समयमा बेपत्ता पारिएका नागरिकको अवस्थाबारे जानकारी हुन नसकेका कारण युद्ध सकिएको मान्न नसकिने बताउँछन् ।

विस्तृत शान्ति सम्झौता भएको १९ वर्षसम्म बेपत्ता छानबिन हुन नसक्नु दुःखद भएको उनको भनाइ छ । नेपाल रेडक्रसको तथ्याङ्कअनुसार दाङमा ८२ परिवारका सदस्यहरु बेपत्ता पारिएका छन् ।

वि.सं.२०८२ भदौ १६ सोमवार ११:४६ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...